बाँके । सशस्त्र प्रहरी बिओपी बढैया नाका भारतबाट नेपाल आउने अबैध रुपमा चोरी पैठारी नेपाल भित्रिएको ठुलो परिमाणको बोइलर कुखुराको चल्ला बरामद गरेको सशस्त्र प्रहरी बढैयाले १ लाख बढी मूल्य बराबरको अबैध चल्ला पक्राउ गरेको छ ।
अबैध रुपमा कुखुराको चल्ला भित्रिएको भन्ने बिशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी टोलीले भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी पैठारी गरि नेपाल भित्राइएको दर्जनौं पेटी २ हजार ब्रोईलर कुखुराको चल्ला बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद भएको चल्लाको अन्दाजी मुल्य १ लाख मुल्य बराबर रहेको अबैध कुखुराको चल्ला आवश्यक कारवाहीको लागी पशु क्वारेन्टाईन कार्यालय नेपालगन्ज पठाइएको छ ।