३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

साईगाउँ प्रहरी चौकी आँखा अगाडिबाट रातभर अबैध तस्करी नेपालका व्यवसायीहरु मर्न बाध्य हुँदै,

Logo
ABC (क्राईमबिट) भन्डाफोर प्रकाशित बिहिबार, फाल्गुण ०७, २०८२

बाँके । देश चुनावमयमा ब्यस्त भएको बेला,यता तस्करीलाई मस्ति भएको छ,बाँकेमा अवैध तस्करी ह्वात्तै बढेको छ जिल्ला प्रहरी कार्यालय बाँकेका घुमुवाहरुको र साईगाउँ प्रहरी चौकीहरुको सेटिङ र फितलो सुरक्षाका कारण भारतबाट अवैध रुपमा हुन्छ रातभर नेपालमा प्रतिबन्धित (डेउ) (तेल) सुर्तीजन्य पदार्थ लत्ताकपडा लगायत विभिन्न समानहरुको तस्करी हुँदै,तस्करी संग गरिएको कुराकानी जस्ताको त्यस्तै पस्तुत,गृहमन्त्री ओमप्रकाश अर्याल आईजिपी दानबहादुर कार्की डिआईजी भुपेन्द्र खत्री ज्यु तत्काल ध्यानाकर्षण गर्दै बाँकेका चौकी इन्चार्ज र जिल्ला घुमुवाहरुमाथि छानबिन होस । खुला सीमानाका र कमजोर सुरक्षाको फाइदा उठाउँदै तस्करहरुले विभिन्न नाकाको प्रयोग गरेर ठूलो परिमाणमा भारतबाट भन्सार छलेर अवैध सामानहरुको सिमा आसपासका घरमा विभिन्न समानको स्टक गरेर रातभर तस्करीको समान भित्र्याउने गरेका छन् ।

बाँकेको नेपालगन्ज जमुनाह नाकामा केही कडाई देखिएपनि अन्य नाकाहरुबाट भने तस्करहरुले निर्वाधरुपमा अवैध सामान भित्र्याउने गरेको स्रोतको भनाइ छ । यसरी अवैध रुपमा भित्रिने सामानले नेपालगन्जका व्यवसायीहरु भने मर्कामा परेका छन् । कारोवार हुने मुख्य सिजनमै भारतबाट तस्करहरुले खाद्यान्न, लत्ता कपडा लगायतका उपभोग्य तथा दैनिक प्रयोगमा आउने सामानहरु धमाधम भित्र्याइरहँदा नेपाली व्यवसायीहरु भने मुखदर्शक बन्न आत्मा हत्यासम्म गर्न बाध्य छन् । उनीहरुले गृहप्रशासनलाई अवैध तस्करी रोक्न आग्रह गर्दा पनि खासै प्रभावकारी हुन सकेको छैन ।

भारतमा सस्तोमा खरिद गर्ने र नेपालमा महंगोमा विक्री हुने गरेका कारण तस्करहरुले भारतबाट अवैध सामान नेपालमा भित्र्याउने गरेका छन् । अहिले रुपैडिया बजारमा उपभोक्ताको थामि नसक्नु भीड छ ।

त्यसैमा तस्करहरुले अवैधरुपमा दैनिक उपभोग्य सामानहरु ल्याउने गरेका कारण नेपाली व्यवसायीहरु पलायन हुने अवस्था आएको नेपालगन्जका व्यवसायीहरु दुखेसो पोख्छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!