३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

सल्यान बाघको आक्रमण पछि विद्यार्थीहरुलाई आवतजावतमा नेपाली सेनाहरुको सुरक्षा,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, फाल्गुण ०७, २०८२

सल्यान । बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बस्तीमा बाघको आतङ्क बढेपछि सल्यान कालीमाटी गाउँपालिकाका बालबालिकालाई विद्यालय आवतजावतमा नेपाली सेनाले सुरक्षा दिन थालेको छ ।

बाघ बस्तीनजिकै देखिन थालेपछि विद्यालय जाने बालबालिकाको सुरक्षालाई ध्यानमा राख्दै सेनाले बिहान साँझ  सुरक्षा दिँदै गन्तव्यसम्म पुर्‍याउन थालेको हो ।

नेपाली सेनाको टोलीले कालीमाटी गाउँपालिका–७ का स्वामीवास, हाउखोला, बाटुले र र्याङबाट नेपाल राष्ट्रिय मावि घुइँयाबारीमा अध्ययन गर्न जाने विद्यार्थीलाई बिहान विद्यालय जाँदा र बेलुकी फर्किंदा सुरक्षा दिँदै आएको जनाएको छ ।

तीन जनाको ज्यान बाघ अहिले पनि बस्ती आसपास घुमिरहेकाले अभिभावकमा त्रास बढेको छ । करिब एक सयभन्दा बढी बालबालिका झन्डै एक महिनासम्म नियमित रूपमा विद्यालय जान नसकेको विद्यालयले जनाएको छ । वडा कार्यालयको आग्रहपछि सेनाले सुरक्षा दिन थालेसँगै अहिले विद्यार्थी नियमित रूपमा विद्यालय आउन थालेका छन् ।

कालीमाटी गाउँपालिका–७ का वडाध्यक्ष मित्रलाल रिजालले बिहान र बेलुकी सेनाले सुरक्षा दिन थालेपछि बालबालिकालाई ठुलो राहत मिलेको बताउनुभयो । विद्यालय पुग्न जङ्गल छेउको बाटो हुँदै करिब डेढ घण्टा लाग्ने भएकाले अभिभावक चिन्तित रहेको उहाँले जानकारी दिनुभयो ।

र्याङका रातो बस्नेतले सेनाको सुरक्षा सुरु भएपछि अभिभावकलाई बालबालिका छाड्न र लिन जानुपर्ने बाध्यता हटेको जनाउनुभयो । बाघको त्रासका कारण यसअघि आठ÷दस जनाको समूह बनाएर मात्र हिँड्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । हात्ती दमार–घुइँयाबारी मध्यवर्ती क्षेत्र उपभोक्ता समिति अध्यक्ष डम्बर पुनले बर्दिया तथा बाँके निकुञ्ज क्षेत्रबाट आएका पाटेबाघका कारण स्थानीय त्रसित भएको बताउनुभयो । बाघको आक्रमणबाट तीन जनाको ज्यान गइसकेको र पशु चौपायामा समेत क्षति पुगेको जानकारी उहाँले दिनुभयो । दीर्घकालीन समाधानका लागि निकुञ्जले बाघको सङ्ख्या व्यवस्थापन गर्नुपर्ने तथा वन्यजन्तु बाहिरिनुका कारणबारे अध्ययन गरी कानुनी व्यवस्था परिमार्जन गर्नुपर्ने उहाँको भनाइ थियो ।

गत पुस दोस्रो सातादेखि कालीमाटी गाउँपालिका–६ हात्ती ढुङ्गा र वडा नं ७ पर्सेनीका दुई जना तथा कालीमाटी–सुर्खेत सीमा क्षेत्रमा एक जना गरी तीन जनाको ज्यान बाघको आक्रमणबाट गएपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!