३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

३ वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु २ जना घाइते,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, फाल्गुण ०८, २०८२

सर्लाही । जिल्लाको ईश्वरपुर नगरपालिका-१३ स्थित बाके-संग्रामपुर सडकखण्ड अन्तर्गत ठिल्ला नजिक बुधबार साँझ तीन वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार बिआर ३० एआर ३४५८, बिआर ३० एपी ३८०९ र एचपी ५५ सी ०६२३ नम्बरका मोटरसाइकलहरू दुर्घटनाग्रस्त अवस्थामा रहेको खबर प्राप्त भएपछी प्रहरीको टोली खटिएको थियो।

दुर्घटनामा घाइते चार जनालाई एम्बुलेन्समार्फत लालबन्दीस्थित मोडेल अस्पताल पठाइएको थियो। तीमध्ये दुई जनाको अवस्था गम्भीर देखिएकाले थप उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा रिफर गरिएको थियो।

गम्भीर घाइतेमध्ये हरिपुर्वा नगरपालिका-९ निवासी सिंगेश्वर रायका छोरा अन्दाजी ३० वर्षीय मुकेश रायलाई राति मलंगवा पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। त्यसैगरी, सोही स्थानका रामछबिल्ला रायका छोरा अन्दाजी ३५ वर्षीय रामज्ञान रायलाई पनि राति थप उपचारका लागि मलंगवा पठाइएकोमा राति नै चिकित्सकले मृत घोषणा गरेका हुन्।

दुर्घटनामा हरिपुर्वा नगरपालिका-९ कै २२ वर्षीय विक्रम राय र ४२ वर्षीय राम विश्वास राय सामान्य घाइते भएका छन्। उनीहरूको मोडेल अस्पतालमा सामान्य उपचारपछि इलाका प्रहरी कार्यालय केशरगञ्जको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न तीनवटै मोटरसाइकल प्रहरी चौकी गौरीशंकरको नियन्त्रणमा रहेका छन् । घटनाबारे चालकको पहिचान तथा दुर्घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!