२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

दाङ पुगेर रवि लामिछानेले भने रास्वपाले झण्डा जलाएको भए कारवाही गर्छौँ,घुसपैठ हुनसक्छ,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, फाल्गुण ०८, २०८२

दाङ । रास्वपाका सभापति रवि लामिछानेले एमाले झण्डा जलाउने रास्वपाका कार्यकर्ता भए कारबाही हुने बताएका छन्। दाङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै घुसपैठ भएको हुनसक्ने बताए।

उनले भने, ‘अलिकति केही विवाद गर्न खोजिएको छ । कुनै अन्य राजनीतिक दलको झण्डालाई कसैले जलायो च्यातयो भन्ने कुरा आएको छ । त्यो रास्वपाको चरित्र होइन, रास्वपाको कसैले गरेको रहेछ भने कारवाही हुन्छ । तर आफैं घुसपैठ गरेर हामीलाई दोसाउन खोजेको, कागले खाएर पिना सुकाउने हो भने होसियार ! रास्वपाले गरेको रहेछ भने कारवाही हुन्छ । तर रास्वपाले गरेको होइन रहेछ, यसो बिथोल्न पाइने रहेछ भनेर आँखा चम्काएको हो भने चाहिँ नचम्काए हुन्छ ।’

उनले धेरै आफ्ना पार्टीका समर्थकहरुलाई गाली गरेको सुनेको बताए।

उनले थपे, ‘रास्वपाले सबै जन्माएको होइन। तपाईँहरूले काम गर्न नसकेपछि रास्वपा बनेका मान्छे छन् यहाँ। रास्वपाले जन्माएर, रास्वपाको समर्थक भएको भए त सबै यहाँ बच्चै बच्चा हुन्थे नि । रास्वपा त ३ वर्षको हो, को छ यहाँ ३ वर्षको बच्चा ? कोही पनि छैन । सबै लक्का जवान हुर्केका छन्।’

उनले चोकचोकमा उभिएर आरोप लगाउनेहरूलाई जवाफ दिएर अमूल्य समय खर्च नगर्ने बताए।

उनले थपे, ‘मलाई आरोप लगाउनेहरूले त धेरै आरोप लगाएका छन्। लगाउन्, म तिनलाई उठेर जवाफ फर्काउन्न। ती योजनाकार हुन् जो त्यहाँबाट जित्छु भनेर उठेर बसेका छन्। तिनको आदेशमा, मेरो बेडरुममा प्रहरीले मलाई अन्तिम इच्छा सोधेको थियो। यहीँ छन् तिनीहरू ! मध्यरातमा पुलिस पठाएर बेडरुममा बुट बजारेर मलाई मेरो अन्तिम इच्छा सोध्न लगाउने आदेश दिनेहरू यहीँबाट चुनाव लड्दै छन् । मैले जवाफ दिएको छैन र म तिनलाई दिन्न । मेरो अन्तिम इच्छा के हो ? त्यो जवाफ यसपटक मतपत्रमा तपाईँले दिनुहोला !’ उनले पुराना दलहरूलाई एउटै सीट जिताउन नहुने बताए।

पुराना दलहरूलाई भने, ‘तपाईँहरूको संगठन छ, साँच्चै तपाईंहरूलाई सङ्गठनप्रति गर्व छ भने तपाईँहरू प्रतिपक्षमा बसेर सडकबाट हामीलाई खबरदारी गर्नुस् । एक ठाउँमा नजितोस् पुराना पार्टीले । तपाईँले आफ्नो तागत, आफ्नो सङ्गठनको तागत सडकबाट देखाउनुस् । हामी काम गर्छौँ, हामीलाई त्यहाँबाट खबरदारी गर्नुस् हामी हेर्छौँ। हामी मज्जाले हेर्छौँ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]