०९ फाल्गुण २०८२, शनिबार
21-02-2026 , Sat
×

दाङको तुलसीपुरमा बिहीबार एमालेको चुनाव चिन्ह झण्डा जलाएको घटनामा संलग्न १ जना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, फाल्गुण ०८, २०८२

दाङ । तुलसीपुरमा नेकपा एमालेको चुनाव चिन्ह अंकित झण्डा जलाएको घटनामा संलग्न रहेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार फागुन ७ गते राति तुलसीपुर उपमहानगरपालिका-५ स्थित वीरेन्द्र चोकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सुर्खेतबाट घोराही आउने क्रममा आयोजित स्वागत कार्यक्रममा भीडका बीच केही व्यक्तिहरूले एमालेको झण्डा जलाएको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो।

उक्त भिडियोको आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको पहिचान भएका तुलसीपुर उपमहानगरपालिका-७ कालाखोला निवासी ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका बस्नेतमाथि थप अनुसन्धान भइरहेको छ भने घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालय, धनुषाले सहरी क्षेत्रमा मात्रै निर्वाचन आचारसंहिता लागू गराउन व्यस्त … क्षेत्र नं.२ लगायत ४ वटै क्षेत्रमा निर्वाचन अचारसंहिता व्यापक उलंघन भइरहेको पाइयो । आज नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, निर्वाचन प्रहरी, समेतको सहयोगमा अलग- अलग टोली बनाइ जनकपुर उपमहानगरपालिका क्षेत्र भित्र आचारसंहिता विपरितका अन्दाजी १५ हजारको […]

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी दाङ क्षेत्र नं. ३ को सम्पर्क कार्यालयमा तोडफोड गरिएको छ । तुलसीपुरस्थित सम्पर्क कार्यालयमा शुक्रबार साझ करिब ६ बजेतिर नेकपा एमालेका कार्यकर्ताहरूले तोडफोड गरेका हुन् । रास्वपाका क्षेत्र नं. ३ का उम्मेदवार कमल सुवेदीले पार्टी कार्यालय तोडफोड भएको बताए ।‘पार्टीको सम्पर्क कार्यालय तोडफोड गरिएको रहेछ,’ कमल सुवेदीले भने, ‘कसले, किन […]

काठमाडौं । बिहीबार क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध केन्द्रीय संयुक्त सङ्घर्ष समितिको बैठकले आन्दोलनका कार्यक्रम तय गरेको हो । कट्टेल र बास्तोलालाई रिहा गर्न संघर्ष समितिको माग फागुन ८ देखि १२ गतेसम्म आगामी संसदीय निर्वाचन बहिष्कारको पक्षमा गाउँ, टोल र वडासम्म पर्चा […]

error: Content is protected !!