०६ आश्विन २०८३, मंगलबार
22-09-2026 , Tue
×

दैलेखमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु दुईजना घाइते

Logo
प्रकाशित सोमबार, माघ १३, २०७६

(भावना हमाल)
दैलेख माघ १३ ट्रयाक्टर दुर्घटना एक जनाको मृत्यु भएको छ । भे १ त ९७७० नम्बरको ट्रयाक्टर दुर्घटनामा भगवतीमाई गाउँपालिका–५ कट्टी २० वर्षीय भीमबहादुर बिकको ज्यान गएको प्रहरी चौकी बेस्तडाका प्रहरी सहायक निरीक्षक मनोज कँडेलले जानकारी दिनुभयो ।
जाजरकोटको सुयडाबाट दैलेखको बेस्तडाका लाागि जाँदै गरेको उक्त ट्रयाक्टर तीब्र गतिका कारण भगवतीमाई गाउँपालिका–४ को मन्घरमा दुर्घटनामा परेको बताइएको छ । गति नियन्त्रण गर्न नसक्दा करिव २ सय मीटर तल खोल्सा खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी भगवतीमाई गाउँपालिका–५ कट्टीका १९ वर्षीय सहचालक ललित बिक र सुर्खेतको बराहताल गाउँपालिका–२ हरिहरपुरका २८ वर्षीय चालक दिपक बिक घाइते हुनुभएको प्रहरीले जनाएको छ ।
घाइते मध्ये सहचालक ललितलाई स्वास्थ्य केन्द्र बेस्तडामै उपचार चलिरहेको र चालक दिपक बिकलाई दैलेख अस्पतालमा थप उपचारपछि नेपालगञ्ज पठाइएको दैलेख अस्पतालका डा. निरञ्जन पन्तले जानकारी दिनुभयो । चालक दिपको टाउको र खुट्टामा कडा चोट लागेकोले पठाइएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]