१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

दैलेखमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु दुईजना घाइते

Logo
प्रकाशित सोमबार, माघ १३, २०७६

(भावना हमाल)
दैलेख माघ १३ ट्रयाक्टर दुर्घटना एक जनाको मृत्यु भएको छ । भे १ त ९७७० नम्बरको ट्रयाक्टर दुर्घटनामा भगवतीमाई गाउँपालिका–५ कट्टी २० वर्षीय भीमबहादुर बिकको ज्यान गएको प्रहरी चौकी बेस्तडाका प्रहरी सहायक निरीक्षक मनोज कँडेलले जानकारी दिनुभयो ।
जाजरकोटको सुयडाबाट दैलेखको बेस्तडाका लाागि जाँदै गरेको उक्त ट्रयाक्टर तीब्र गतिका कारण भगवतीमाई गाउँपालिका–४ को मन्घरमा दुर्घटनामा परेको बताइएको छ । गति नियन्त्रण गर्न नसक्दा करिव २ सय मीटर तल खोल्सा खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी भगवतीमाई गाउँपालिका–५ कट्टीका १९ वर्षीय सहचालक ललित बिक र सुर्खेतको बराहताल गाउँपालिका–२ हरिहरपुरका २८ वर्षीय चालक दिपक बिक घाइते हुनुभएको प्रहरीले जनाएको छ ।
घाइते मध्ये सहचालक ललितलाई स्वास्थ्य केन्द्र बेस्तडामै उपचार चलिरहेको र चालक दिपक बिकलाई दैलेख अस्पतालमा थप उपचारपछि नेपालगञ्ज पठाइएको दैलेख अस्पतालका डा. निरञ्जन पन्तले जानकारी दिनुभयो । चालक दिपको टाउको र खुट्टामा कडा चोट लागेकोले पठाइएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                पर्सामा आज बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ […]

(एबिसि संचार )                                                              पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा […]

(एबिसि संचार )                                                              पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार […]