१६ कार्तिक २०८३, सोमबार
02-11-2026 , Mon
×

आमाको मृत्यु पछी डललाई अंगालेर सानो बाँदरको यो दृश्यले सामाजिक सञ्जालमा धेरैलाई भावुक बनाउदै,

Logo
सागर थापा प्रकाशित सोमबार, फाल्गुण ११, २०८२

काठमाडौं । जापानको Ichikawa City Zoo मा रहेको ६ महिनाको माकाक बाँदर ‘पञ्च’ को कथा यतिबेला सामाजिक सञ्जालमा भावुक सहानुभूतिको विषय बनेको छ। आमाबाट अस्वीकार भएपछि नरम खेलौनालाई अँगालो हालेर बस्ने पञ्चको दृश्यले धेरैको मन छोएको छ।

सन् २०२५ जुलाई २६ मा जन्मिएको पञ्च जन्मिँदा केवल ५०० ग्राम तौलको थियो। जापानी सञ्चारमाध्यमका अनुसार पहिलोपटक आमा बनेकी उसकी आमाले जन्मिएलगत्तै पञ्चलाई स्वीकार नगरेपछि जूका हेरचाहकर्ताहरूले उसको संरक्षण र पालनपोषणको जिम्मा लिएका थिए।

आमाको स्नेहको अभाव पूर्ति गर्न पञ्चलाई तौलिया र नरम खेलौनाहरू दिइएको थियो। तीमध्ये ओराङ्गुटानको खेलौनासँग उसले विशेष आत्मीयता बनाएको देखिन्छ। पञ्च सुत्दा, डर लाग्दा वा नयाँ ठाउँमा जाँदा पनि उक्त खेलौनालाई सधैँ अँगालो हालेर साथमै राख्ने गर्छ।

पञ्चका तस्बिर तथा भिडियोहरू सार्वजनिक भएसँगै #HangInTherePunch ह्यासट्याग सामाजिक सञ्जालमा ट्रेन्ड भइरहेको छ। प्रयोगकर्ताहरूले पञ्चप्रति माया, सहानुभूति र समर्थन व्यक्त गरिरहेका छन्।

विशेषज्ञहरूका अनुसार यो घटनाले जनावरहरूमा पनि माया, सुरक्षा र भावनात्मक सम्बन्धको महत्व कति गहिरो हुन्छ भन्ने स्पष्ट देखाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत पनि सोही उडानमा हुनुहुन्थ्यो र राति १० बजेसम्म पनि जहाज नउडेपछि उहाँले सामाजिक सञ्जालमा आक्रोश व्यक्त गर्नुभएको हो। उहाँको मुख्य गुनासो थियो: – यात्रुहरूलाई घण्टौंसम्म कुनै स्पष्ट जानकारी नदिइनु – आन्तरिक हवाई सेवामा मौसमको नाममा हुने नियमित लापरबाही र व्यवस्थापनको कमजोरी – नेपालगञ्ज जस्तो सुगम विमानस्थलबाट समेत […]

  काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले मातहतका ट्राफिक प्रहरीलाई आर्थिक अनुशासनमा कुनै सम्झौता नगर्न कडा निर्देशन दिनुभएको छ। आज आइतबार आयोजित सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनसम्बन्धी अन्तरक्रियामा बोल्दै उहाँले भन्नुभयो – > “राज्यले दिएको तलबमा सन्तुष्ट हुनुपर्छ। पैसा कमाउन मन लागे जागिर छोड्नुस्। तपाईंको व्यक्तिगत स्वार्थले संगठन […]

  अर्घाखाँची । सितगङ्गा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष *श्री भिम के.सी.* ज्यूले सम्पूर्ण वडाबासी तथा देश-विदेशमा रहनुभएका आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक सन्ध्याकालीन अभिवादन व्यक्त गर्नुभएको छ। “यहाँहरूको साँझ सुखमय रहोस्, दिनभरको थकान मेटिँदै जाओस्। हाम्रो सितगङ्गा-९ को विकास र समृद्धिका लागि तपाईंहरूको साथ र सुझाव सधैं रहनेछ।” *भिम के.सी., वडा अध्यक्ष, […]