३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

टिकटकर तुलसा अधिकारीविरुद्ध पक्राउ पुर्जी ब्ल्याकमेल गरी करोडौं ठगेर चीन भागेको प्रहरीको दाबी,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, फाल्गुण ११, २०८२

काठमाडौं । मुद्दालाई नजिकबाट नियालेका प्रहरीका एक उच्च अधिकारीले भने यसलाई खण्डन गरे । तुलसासँग ३-४ वर्ष पहिले पूर्णिमाको सम्बन्ध रहेको र तीनपटक गरगहना खरिद गरेको भए पनि पैसा तिर्न बाँकी नरहेको ती अधिकारी बताउँछन् ।

‘उहाँ (पूर्णिमा)ले ३-४ वर्षअघि उहाँको पसलबाट सामानहरू अर्डर गर्ने र क्यूआरबाट भुक्तानी गर्ने गर्नुभएको देखिन्छ । अहिलेसम्म खरिद गर्नुभएको सामानको भुक्तानी भइसकेको छ । बिलमा अलिकति छुट माग्नु स्वाभाविकै हो, अन्यथा पैसा नतिर्ने नियत देखिएको छैन,’ उनले भने ।

पूर्णिमा करिब पाँच महिना अगाडि सातदोबाटो वृत्तमा सरुवा भएर आएकी हुन् । उनी आउँदा तुलसामाथि अनुसन्धान सुरु भइसकेको थियो । पूर्णिमाले अनुसन्धानलाई सही रूपमा निरन्तरता दिइरहेको दाबी प्रहरी स्रोतको छ ।

स्रोत भन्छ,उहाँ (तुलसा) ले टिकटकमा भिडिओहरू हालेर प्रहरीलाई बदनाम गर्ने प्रयास गरिरहनु भएको छ । यदि प्रहरीको काम-कारबाहीमा कुनै गुनासो भएमा विभिन्न निकायमा उजुरी दिन सक्नुहुन्थ्यो । तर, भिडिओ हालेर उहाँले पब्लिक सेन्टिमेन्ट बटुल्ने र प्रहरी अनुसन्धान प्रभावित पार्ने प्रयास गर्नुभएको छ । यसलाई हामीले गम्भीर रूपमा लिएका छौँ ।’

तुलसा आफ्नो व्यवसायको सिलसिलामा चीन-नेपाल ओहोरदोहोर गरिराख्थिन् । आफू सुरुमा टुरिस्ट भिसामा चीन आएको र पछि त्यहाँ पनि व्यवसाय सुरु गरेको उनले बताएकी छन् । चीनमा २ लाख तिरेर कम्पनी दर्ता गरेको उनको भनाइ छ ।

एक छोरीकी आमा तुलसा हुन् । ललितपुरको भैंसेपाटीमा उनको घर छ । उनकी एक छोरी छन् । छोरीलाई अहिले आफूसँग चीनमा राखेर पढाइराखेकी छन् । नेपालमा आफूलाई बदनाम गर्न थालिएपछि छोरीलाई पनि चीन ल्याएर राख्नुपरेको उनको भनाइ छ ।

टिकटकमा विभिन्न विषयमा भिडिओहरू बनाएर तुलसा चर्चामा आएकी हुन् । सेलिब्रिटीका आपसी वादविवाद र सामाजिक इस्यूहरुमा उनी बोल्ने गर्छिन् । टिकटकमा उनका करिब तीन लाख फलोअर्स छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!