३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

नेपाल प्रहरी प्रधान कार्यालयमा ‘एआई सेलको गृहमन्त्री ओमप्रकाश अर्यालद्वारा उद्घाटन,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, फाल्गुण १२, २०८२

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा ‘आर्टिफिसियल इन्टेलिजेन्स एन्ड एड्भान्स्ड एनालिटिक्स सेल’ (AI-AAC) को उद्घाटन गर्नुभएको छ। वर्तमान समयमा बढ्दो साइबर अपराध, गलत तथा मिथ्या सूचना, वित्तीय अपराध र डिजिटल माध्यमबाट हुने सामाजिक अस्थिरतालाई नियन्त्रण गर्न आधुनिक प्रविधिको प्रयोग अनिवार्य रहेको निष्कर्षसहित प्रहरीले यो रणनीतिक तथा उच्च प्रविधियुक्त संरचना स्थापना गरेको हो। उद्घाटनका क्रममा गृहमन्त्री अर्यालले सेलको अवलोकन गर्दै यसबाट सम्पादन हुने काम र उपयोगिताका बारेमा जानकारी लिनुभएको थियो।

कार्यक्रममा गृहसचिव, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक लगायत उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।यस सेलको मुख्य उद्देश्य जेनेरेटिभ एआई, मेसिन लर्निङ र अटोमेसन जस्ता प्रविधिको प्रयोगमार्फत अपराध अनुसन्धानलाई प्रभावकारी बनाउने, पूर्वचेतावनी प्रणाली विकास गर्ने, डिजिटल प्रमाण संकलन गर्ने र साइबर सुरक्षालाई सुदृढ गर्नु रहेको छ।सेल स्थापनासँगै नेपाल प्रहरीले यसको सफल प्रयोग समेत गर्न थालेको छ।

प्रहरीले यसै प्रविधिको मद्दतले गलत तथा मिथ्या सूचना सम्प्रेषण गर्ने ५ वटा घटनामा संलग्न व्यक्तिहरूलाई बाँके, कञ्चनपुर, सुनसरी, सल्यान र दाङबाट पक्राउ गरी कानूनी दायरामा ल्याइसकेको छ। यसै सन्दर्भमा केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले सामाजिक सञ्जालको दुरुपयोग गरी गलत सूचना फैलाउनेलाई कानूनी कारबाही गर्न प्रहरी सदैव सक्रिय रहेको भन्दै आम नागरिकलाई सामाजिक सञ्जाल प्रयोग गर्दा सचेत रहन र कानूनको पालना गर्न आग्रह गर्नुभएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!