१८ कार्तिक २०८३, बुधबार
04-11-2026 , Wed
×

देशका विभिन्न स्थानमा वर्षा तथा हिमपात हुने सम्भावना, मौसम पूर्वानुमान महाशाखा,

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, फाल्गुण १५, २०८२

काठमाडौं । महाशाखाले आज बिहान जारी गरेको बुलेटिनअनुसार दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थान र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका  पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपात हुने सम्भावना छ।

यसैगरी आज काठमाडौँ उपत्यकामा पनि खण्डित वर्षाको सम्भावना देखिएको महाशाखाकी मौसमविद् बिनु महर्जनले जानकारी दिइन्।

‘अपराह्नतिर काठमाडौँ उपत्यकामा पनि खण्डित वर्षा हुने सम्भावना छ’, उनले नेपालखबरसँग भनिन्, ‘खण्डित वर्षा भनेको ठाउँठाउँमा मात्र पानी पर्ने सम्भावना हो।’

मौसमविद् महर्जनका अनुसार वर्षा हल्का किसिमको मात्रै हुनेछ। अहिले बिहान भने काठमाडौँ उपत्यकामा हुस्सु लागिरहेको छ।

‘अहिले यहाँको भिजिबिलिटी १५ सय मिटर मात्र छ’, उनले भनिन्। यो भिजिबिलिटीले हवाई उडानमा समस्या पार्न सक्छ।

यस्तै राति तराईका थोरै स्थानमा तुँवालो रहनेछ। कोसी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपात हुने सम्भावना छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पाल्पा । गत असोज दोस्रो साता परेको अविरल वर्षापछि पाल्पाको ऐतिहासिक रानीमहल क्षेत्र क्षतविक्षत बनेको छ। वर्षासँगै माथिबाट आएको बराङ्दी खोलाले रानीमहल क्षेत्रमा रहेका अस्थायी होटल व्यवसाय लगायतका संरचना र स्याङ्जा जाने सडकमा ठूलो क्षति पुर्‍याएको छ। अहिले रानीमहल क्षेत्रमा बगर तथा बालुवा थुप्रिएको छ। स्थानीय बासिन्दा र पर्यटन व्यवसायीले सडक तथा अन्य पर्यटकीय […]

  काठमाडौं । नेकपा एमालेका नेता एवम् पूर्वउपप्रधानमन्त्री समेत रहेका टोपबहादुर रायमाझीले ६ महिना कैद छुट पाउने भएका छन्। जेष्ठ नागरिक सम्बन्धी ऐन अनुसार उमेर ६५ वर्ष पुगेका कैदीबन्दीले पाउने २५ प्रतिशत कैद छुट दिन माग गर्दै रायमाझीका तर्फबाट ‘जेष्ठ नागरिकको सुविधा पाउँ’ भन्ने निवेदन दर्ता भएको थियो। कात्तिक १२ गते दर्ता भएको निवेदनमा शुक्रबार […]

  बाँके । नेपालगन्ज राष्ट्रिय जनमत पार्टीका नेता इर्फान अहमद सिद्दिकीले किसानको मुद्दामा कडा अभिव्यक्ति दिनुभएको छ। “पसिना किसानको, मुनाफा बिचौलियाको भन्ने अवस्था अब अन्त्य हुनुपर्छ। किसानहरुको हकहितको आवाज बुलन्द गरौं, बिचौलिया दलालहरुलाई समयमै निस्तेज गरौं,” नेता सिद्दिकीले भन्नुभयो। वास्तविक किसानले कहिल्यै पनि आफ्नो उत्पादनको उचित मूल्य नपाएको भन्दै उहाँले सरकारको अनुगमन फितलो हुँदा बिचौलियाहरू […]