१२ बैशाख २०८३, शनिबार
25-04-2026 , Sat
×

काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न ७ वटा अन्तर्राष्ट्रिय उडानहरु रद्द,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, फाल्गुण १६, २०८२

काठमाडौं । हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न सात वटा अन्तरराष्ट्रिय विमानस्थलमा हुँदै आएका अन्तर्राष्ट्रिय उडान रद्द भएका छन् ।

सारजहा, दोहा, दुबै, कुबेत सिटी, अबुधाबी, कतार तथा दमाम विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज दिउँसो र रातिका सबै उडान रद्द गरिएका त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए ।

उनले भने, ‘शारजहा, दोहा, दुबै, कुबेतसिटी, अबुधाबी, कतार र कतार विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएकाले नेपालबाट दिउँसो र राति हुने सबै उडान रद्द गरिएका छन् । उडानहरू कहिले खुल्छन् भन्नेबारे अर्को निर्णय भएपछि जानकारी गराइने छ ।’

यसैगरी, यात्रुलाई आफ्नो उडानका लागि विमानस्थल जानुभन्दा अगाडि सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरेर मात्र जान विमानस्थल कार्यालयले आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव, घोराही बनाउँ अभियानका संयोजक एवं जय महाकाल सेवा समाजका सल्लाहकार सबिन प्रियासनले आफ्नो जन्मदिन घोराही ट्राफिक चोकको पिपल बोटमुनि बटुवा एवं असायहरूलाई खाना खुवाउँदै मनाएका छन् । शुक्रबार साँझ सेवा समाजमा आबद्ध पदाधिकारी, सदस्य एवं निःशुल्क खाना खुवाउने कार्यक्रममा दिनरात खटिएका भोलेन्टियरहरूले प्रियासनलाई खादा माला लगाएर सम्मान समेत […]

काठमाडौँ । थापाथलीमा घर टहरा भत्काउन सुरु भएको छ । बिहानैदेखि बाक्लो सुरक्षाकर्मीको उपस्थितिपछि बस्तीका मानिसले आफ्नो सामान हटाउन थालेका थिए । उनीहरु सामान बोकेर बस्तीबाट हिँडेका थिए । अहिले बिहान पुगेको डोजरले बस्तीका घरटहरा हटाउन थालेको छ । स्थिति शान्तिपूर्ण छ ।

बाँके । भारतबाट भन्सार छली अवैध रूपमा नेपाल भित्र्याइँदै गरेका करिब १६ लाख रुपैयाँ बराबरका सामान सशस्त्र प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरी बाँके तथा मातहतका इकाइहरूबाट खटिएको टोलीले विभिन्न स्थानबाट मूल्य रु. १५ लाख ९६ हजार ६९७ बराबरका अवैध सामग्री नियन्त्रणमा लिएको हो। बरामद सामग्रीमा खसीको छाला, […]

error: Content is protected !!