२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

कपिलवस्तुमा रहेको एनसेल टावरमा आगजनी

Logo
प्रकाशित सोमबार, माघ १३, २०७६

(एबिसी संचार)
कपिलवस्तु माघ १३ कपिलवस्तुमा अज्ञात समूहले एनसेल टावरमा आगजनी गरेका छन् । बाणगंगा न।पा। १० स्थित पटनामा रहेको एनसेल टावरमा आगजनी भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक आयुष कुमार जोशीले टावरमा सामान्य आगजनी भएको बताउँदै आगजनी गर्ने समूहको खोजी भइरहेको बताउनुभयो । आइतबार राती टावरमा आगजनी हुँदा सामान्य क्षति भएको छ । प्रारम्भिक अनुमान अनुसार आगजनीमा नेत्रविक्रम चन्द विप्लव समूह संलग्न रहेको आँकलन गरे पनि पुष्टि भइनसकेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हेटौंडा । मकवानपुर बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौंडाले शनिबार बिहानबाट रेखाङ्कभित्र परेका संरचना भत्काउन थालेको हो । हेटौंडाको बुद्धचोकस्थित खाली घर भत्काउने कार्य जारी छ । सडक डिभिजनले बजार क्षेत्रका अरू ठाउँमा पनि डोजर चलाउन सुरू गरिसकेका छ । ३/४ ठाउँबाट एकैपटक विस्तार कार्य सुरू गरिएको डिभिजनले जनाएको छ […]

दाङ । नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशन गर्नु भएका सविन प्रियासनले आफ्नो पहिलो कविता संग्रह, ‘केपी शर्म ओली, समृद्धिका महानायक’ प्रकाशन गर्न लागि रहनु भएको छ । मंसिरको अन्तिमसाता बजारमा ल्याउन लागिएको कविता संग्रहमा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक जीवन, उहाँ राजकीय भूमिकामा गृहमन्त्रीदेखि प्रधानमन्त्री हुँदासम्म गरेका कामहरुलाई कवितामा […]

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

error: Content is protected !!