१२ बैशाख २०८३, शनिबार
25-04-2026 , Sat
×

दाङमा होलीको रंग पखाल्न तालमा गएका एक युवकको डुबेर मृत्यु,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, फाल्गुण १९, २०८२

दाङ । होलीको रंग पखाल्न तालमा गएका एक जनाको डुबेर मृत्यु भएको छ दाङको घोराही उपमहानगरपालिका–१६ स्थित गगटैया तालमा मंगलबार डुबेर अन्दाजी १५ वर्षी य दिवस बुढा मगरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिएसपी रेशम बोहराका अनुसार घोराही–१६ ठोक्रिया बस्ने मगर दिउँसो होली खेलेर पौडी खेल्ने क्रममा तालमा बेपत्ता भएका थिए । खोजतलास गर्दा बेलुका मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव, घोराही बनाउँ अभियानका संयोजक एवं जय महाकाल सेवा समाजका सल्लाहकार सबिन प्रियासनले आफ्नो जन्मदिन घोराही ट्राफिक चोकको पिपल बोटमुनि बटुवा एवं असायहरूलाई खाना खुवाउँदै मनाएका छन् । शुक्रबार साँझ सेवा समाजमा आबद्ध पदाधिकारी, सदस्य एवं निःशुल्क खाना खुवाउने कार्यक्रममा दिनरात खटिएका भोलेन्टियरहरूले प्रियासनलाई खादा माला लगाएर सम्मान समेत […]

काठमाडौँ । थापाथलीमा घर टहरा भत्काउन सुरु भएको छ । बिहानैदेखि बाक्लो सुरक्षाकर्मीको उपस्थितिपछि बस्तीका मानिसले आफ्नो सामान हटाउन थालेका थिए । उनीहरु सामान बोकेर बस्तीबाट हिँडेका थिए । अहिले बिहान पुगेको डोजरले बस्तीका घरटहरा हटाउन थालेको छ । स्थिति शान्तिपूर्ण छ ।

बाँके । भारतबाट भन्सार छली अवैध रूपमा नेपाल भित्र्याइँदै गरेका करिब १६ लाख रुपैयाँ बराबरका सामान सशस्त्र प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरी बाँके तथा मातहतका इकाइहरूबाट खटिएको टोलीले विभिन्न स्थानबाट मूल्य रु. १५ लाख ९६ हजार ६९७ बराबरका अवैध सामग्री नियन्त्रणमा लिएको हो। बरामद सामग्रीमा खसीको छाला, […]

error: Content is protected !!