०८ भाद्र २०८३, सोमबार
24-08-2026 , Mon
×

बाँकेको कोहलपुर नगरपालिकामा तालाबन्दी

Logo
प्रकाशित सोमबार, माघ १३, २०७६

(एबिसी संचार) बाँके माघ १३ कोहलपुर नगरपालिकामा सोमबार १ घण्टा तालाबन्दी भएको थियो । राष्टमुखी निर्माण सेवा कोहलपुरले आफुले सडक निर्माणको काममा पाउनुपर्ने रकम नपाएपछी कोहलपुर नगरपालिकाको मुलगेटमै ताला लगाएको थियो सुर्खेत रोड इन्द्रेणी चोक हुदै गोरखा स्कुल सम्म जाने सडक निर्माणका लागी राष्टमुखी निर्माण सेवाले जिम्मा पाएको थियो । करिब २ करोड ६ लाख बराबर सडक निर्माणको जिम्मा लिएको राष्टमुखी निर्माण सेवाले रनिङ्ग बिलमा ६५ लाख मात्र लिएको राष्टमुखी निर्माण सेवाका गौरव रावले बताए । आफुले सडक निर्माणका पाउनुपर्ने रकम नपाएपछी बाध्य भएर नगरपालिकामा तालाबन्दी गर्नुपरेको रावत बताउछन् । कोहलपुर नगरपालिका र निर्माण सेवा बिच भएको सम्झौता अनुसार सडक निर्माण गर्ने सम्झौता भएको थियो ।तर बारम्बार धाउदा पनि रकम नपाएको उनले बताए कोहलपुर नगरपालिका जनप्रतिनिधी कर्मचारी र निर्माण सेवा कम्पनी बिच छलफल पश्चात १ घन्टापछी नगरपालिकामा लगाइएको ताला खोलिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हेटौँडा । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले विपद्का बेला आदेशको प्रतीक्षा गरेर नबस्न र परिस्थितिको गाम्भीर्यता बुझेर तत्काल परिचालित हुन सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरको नवौँ वार्षिकोत्सव समारोहमा बाेल्दै महानिरीक्षक पौडेलले विपद् व्यवस्थापनमा सक्रिय र तत्काल परिचालन हुन निर्देशन दिएका हुन् । उनले […]

काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूद्वारा भर्चुअल माध्यमबाट नेपाल प्रहरीका सबै ब्यूरोहरू, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्ज, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, का.उ.प्र.का. रानीपोखरी, सबै प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय, नेपाल प्रहरी शिक्षालय, भरतपुर, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय, जर्गाह, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ, […]

काठमाडौँ । ललितपुर स्थित प्रहरी वृत्त सातदोबाटोमा कार्यरत डीएसपी वकिल बहादुर सिंह उत्कृष्ट प्रहरी घोषित भएका छन् । सातदोबाटो क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न र अपराध नियन्त्रणमा उत्कृष्ट भूमिका खेलेको भन्दै जिल्ला प्रहरी परिसर ललितपुरले उनलाई उत्कृष्ट प्रहरी घोषणा गरेको हो । साउन महिनाको ‘पुलिस अफ द मन्थ’ घोषणा गर्दै ललितपुरका एसएसपी तुल बहादुर कार्कीले […]