३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

मतदान केन्द्रमै भनाभन एकजना बस्नै पर्छ”भन्दै प्रहरीको अडान,निर्वाचन अधिकृतसँग भनाभन,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, फाल्गुण २१, २०८२

काठमाडौं । अधिकृत मतदान केन्द्रमा एकजना कर्मचारी पनि नराखी बाहिर जान खोजेपछि सुरक्षा प्रमुख प्रहरी सहायक निरीक्षक र निर्वाचन अधिकृतबीच चर्काचर्की भएको छ। कानुन अनुसार कम्तीमा एकजना बस्नुपर्ने विषयमा दुबै पक्ष आ–आफ्नो अडानमा देखिएका थिए।

संवाद जस्ताको त्यस्तै :

प्रहरी 👮‍♂️: यहाँ मतदान केन्द्रमा एकजना बस्नु पर्छ, के माथि कुरा गर्नुपर्छ? किन तपाईं कानुनभन्दा माथि जान खोज्नु हुन्छ?

निर्वाचन अधिकृत 🗳️: अहिले कुरा गर्ने होइन।

प्रहरी 👮‍♂️: पहिले कुरा गर्नुस् त सुन्नुहोस्। १२ जना कर्मचारी छन् — तपाईंका ६ जना, अर्का ६ जना। एकजना पनि बस्न सक्दैन?

निर्वाचन अधिकृत 🗳️: बस्दैन, आवश्यक परेपछि राख्छु, बोलाउँछु।

प्रहरी 👮‍♂️: अहिले यहाँ इन्स्पेक्टर साबको मोबाइल गाडी हिँडिरहेको छ, उहाँ आयो भने म के जवाफ दिने?

निर्वाचन अधिकृत 🗳️: अनि भन्नुहोस् सर यहाँ जानु भएको छ अहिले भनेर।

प्रहरी 👮‍♂️: तपाईंले यहाँ राखेर जानु पर्यो नि एकजना।

निर्वाचन अधिकृत 🗳️: त्यो त मेरो गल्ती हुन्छ नि त, उहाँको मोबाइल नाम एआर छ, अहिले त्यहाँ उहाँ गर्नु।

प्रहरी 👮‍♂️: यहाँ सरसँग कुरा गर्नुहोस्, कानुनभन्दा माथि तपाईं बन्न खोज्नु भएको रहेछ।

निर्वाचन अधिकृत 🗳️: सामानको जिम्मा नलिने भए पछि त म आफ्नो सामानको बोल्न नदिएर प्रहरीले आफ्नो व्यवहार मिलाउनु पर्छ नि त। म त्यस्तो व्यवहार गर्दिनँ।

प्रहरी 👮‍♂️: तपाईं बाजे भए त कुनै माया छैन तपाईंको।

निर्वाचन अधिकृत 🗳️: मेरो मिलोस् नमिलोस् त्यससँग मतलब नराख्नुहोस्। मतदान यहाँ सम्पन्न गर्नु छ, त्यसको लागि टेन्सन नलिनुस्, यति मैले भन्छु।

प्रहरी 👮‍♂️: तपाईं आफ्नो हिसाबले चल्छु भनेर आउनु भएको?

निर्वाचन अधिकृत 🗳️: हो, म आफ्नो हिसाबले चल्छु। मेरो मतदान सम्पन्न गर्नु छ, यसमा टेन्सन नगराउनुस्।

प्रहरी 👮‍♂️: अनि एक्लैले गर्नु हुन्छ त?

निर्वाचन अधिकृत 🗳️: एकदम एक्लै गर्छु।

प्रहरी 👮‍♂️: सुन्नुहोस्, तपाईंको यहाँ कति जना कर्मचारी छन्?

निर्वाचन अधिकृत 🗳️: मैले भने नि, एकजनालाई कामको बेला आवश्यकता पर्छ।

प्रहरी 👮‍♂️: तपाईंको कति जना कर्मचारी छन् यहाँ?

निर्वाचन अधिकृत 🗳️: यहाँ केलाई चाहियो? म एकजना भए भयो नि।

प्रहरी 👮‍♂️: खाटाको कति जना छन्? भन्नुस्।

निर्वाचन अधिकृत 🗳️: ५ जना।

प्रहरी 👮‍♂️: ५ जना अर्को तिर ५ जना होला, १० जना भयो। कम्तीमा १० जनामा यहाँ कति जना बस्नु भएको छ तपाईं भन्नुस्।

निर्वाचन अधिकृत 🗳️: १० जना अर्को बुथको लागि हो। उहाँको के अवस्था हो, उहाँ घर जानु नहुने।

प्रहरी 👮‍♂️: मैले व्यवहार बुझेर आफ्नो रिस्कमा छोडिदिएँ तर यहाँ त एकजना बस्नु पर्यो नि। सुन्नुहोस्, माथि पनि कमाण्डर छ, थाहा होला तपाईंलाई?

निर्वाचन अधिकृत 🗳️: छ सर, आउँदै हुनुहुन्छ। यहाँ चोकमा जानु भएको छ। तपाईं ५ मिनेट बस्नुहोस्, २ मिनेटमा फोन गरेपछि म यहाँ हुन्छु।

प्रहरी 👮‍♂️: थाहा छ कि छैन? सेक्युरिटीलाई अहिले त्यहाँ बस्ने फुर्सद छैन, घुमेको घुमेकै गर्नु पर्छ। अनि यहाँ ५ मिनेट आएर बस्ने फुर्सद हुन्छ त? माथिबाट तपाईंले हेर्नु भयो भने के जवाफ दिने?

निर्वाचन अधिकृत 🗳️: फुर्सद छैन भने उहाँहरू सर यहाँ खाना खान जानु भएको छ भनेर भन्नुहोस्, यति भन्नुहोस्।

प्रहरी 👮‍♂️: झुट बोल्ने? तपाईंको कर्मचारी एकजना पनि हुनुहुन्न।

निर्वाचन अधिकृत 🗳️: म चन्द्रनिगाहापुर जाँदै छु अहिले।

प्रहरी 👮‍♂️: के ग्यारेन्टी छ? तपाईं उता जानुभयो भने बाइकबाट लड्नु हुन्न? होलीको माहोल छ 🎨। तपाईं राम्रैसँग चलाएर पनि अरुले ठोक्देला।

निर्वाचन अधिकृत 🗳️: ठोक्देला भने त्यसको जिम्मेवारी मलाई छ नि।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

बुटवल । रानी महल भनेको प्रेमको लागि ढुङ्गामा लेखिएको पत्र हो। तानसेनबाट १२ किमि, कालीगण्डकी किनारको ठाडो भीरमा ठडिएको छ। *इतिहास यस्तो छ:* *1. किन बन्यो? 1880 तिरको कथा* जनरल खड्ग शम्शेर राणाका कान्छा भाइ *प्रताप शम्शेर राणाले आफ्नी प्यारी श्रीमती *तेज कुमारी देवी*को सम्झनामा बनाएका हुन्। तेज कुमारीको 24 वर्षकै उमेरमा मृत्यु भएपछि प्रताप […]

error: Content is protected !!