२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

रौतहट निर्वाचन क्षेत्र नं.२ एक मतदान केन्द्रमा विवादका कारण केहीबेर तनावपूर्ण अवस्था सिर्जना,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, फाल्गुण २१, २०८२

रौतहट । जिल्ला निर्वाचन क्षेत्र नं.–२ अन्तर्गत जिगडवास्थित एक मतदान केन्द्रमा उम्मेदवार किरण साह र महतावा आलामबीच भएको विवादका कारण केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएको थियो। दुवै पक्षबीच भनाभन भएपछि मतदान केन्द्रको वातावरण असहज बनेको थियो। सुरक्षाकर्मीले तत्काल हस्तक्षेप गर्दै स्थिति नियन्त्रणमा लिएपछि अवस्था सामान्य बन्दै गएको छ। घटनापछि केही समय मतदान प्रक्रिया प्रभावित भए पनि हाल शान्तिपूर्ण रूपमा मतदान कार्य सञ्चालन भइरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]