१२ बैशाख २०८३, शनिबार
25-04-2026 , Sat
×

सभापतिको राजीनामा माग्नु समाधान होइन् अब निकास खोज्नुपर्छ नेता सुनिलकुमार शर्मा,

Logo
ABC-Sanchar प्रकाशित आइतबार, फाल्गुण २४, २०८२

काठमाडौं । नेता शर्माका अनुसार अहिले देखिएको संकट कुनै एक व्यक्तिको कारण मात्र नभई दशकौँदेखि चल्दै आएको अवसरवादी र कमजोर राजनीतिक अभ्यासको परिणाम हो। सम्पूर्ण असफलताको जिम्मा एउटै व्यक्ति माथि थोपर्नु न्यायोचित नहुने उनले उल्लेख गरेका छन्।
शर्माले पार्टी भित्र सबैले आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औँल्याउँदै विशेष महाधिवेशन र नेतृत्व परिवर्तनपछि पनि चुनावी पराजय आएको सन्दर्भलाई व्यापक रूपमा विश्लेषण गर्नुपर्ने बताएका छन्।

उनले नेपाली कांग्रेसको ऐतिहासिक योगदान स्मरण गर्दै नेपाली कांग्रेस भित्र एकता र सहकार्यको वातावरण बनाउन आह्वान गरेका छन्। साथै कोइराला परिवारको ऐतिहासिक भूमिका लाई स्मरण गर्दै लोकतान्त्रिक मूल्य, त्याग र आदर्शलाई पुनः जागृत गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

शर्माले अब विगतका कमजोरीबाट पाठ सिक्दै शून्यबाट नयाँ संघर्ष सुरु गरेर जनताको गुमेको विश्वास पुनः जित्नु पर्छ भने।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपालका ६ जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी)हरुलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको छ । गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले आज साधारण समूह, साधारण उपसमूहतर्फका रिक्त ६ पदमा बढुवाका लागि नामावली सार्वजनिक गरेको हो। गृह मन्त्रालयले गरेको बढुवा सिफारिसमा एसएसपी एक नम्बरमा दिग्विजय सुवेदी छन्, जो […]

काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौँ उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिबाट खटिएका टोलीले थापाथलीबाट ल्याइएका सुकुमवासी परिवारको लगत सङ्कलन गरिरहेका छन्। हालसम्म २३ परिवारको लगत सङ्कलन भएको प्राधिकरणका प्रशासन प्रमुख कविता केसी बोगटीले जानकारी दिइन्। सरकारको दर्ता प्रक्रियामा आएकामध्ये चार परिवारलाई तत्कालै कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग केन्द्रमा पठाइएको केसीले बताइन्। […]

दाङ । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव, घोराही बनाउँ अभियानका संयोजक एवं जय महाकाल सेवा समाजका सल्लाहकार सबिन प्रियासनले आफ्नो जन्मदिन घोराही ट्राफिक चोकको पिपल बोटमुनि बटुवा एवं असायहरूलाई खाना खुवाउँदै मनाएका छन् । शुक्रबार साँझ सेवा समाजमा आबद्ध पदाधिकारी, सदस्य एवं निःशुल्क खाना खुवाउने कार्यक्रममा दिनरात खटिएका भोलेन्टियरहरूले प्रियासनलाई खादा माला लगाएर सम्मान समेत […]

error: Content is protected !!