२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

केपी ओलीमाथि अनावश्यक आरोप लगाएर कारबाही गर्न खोजिए एमाले चुप लागेर बस्दैन : नेता विवेक श्रेष्ठ

Logo
ABC-Sanchar प्रकाशित आइतबार, फाल्गुण २४, २०८२

दाङ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अनावश्यक आरोप लगाएर कारबाही गर्ने प्रयास गरिए पार्टी चुप लागेर नबस्ने चेतावनी दिइएको छ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) दाङका सचिवालय सदस्य तथा निर्वाचन विभाग प्रमुख विवेक श्रेष्ठले अध्यक्ष ओलीमाथि लगाइने निराधार आरोपहरू स्वीकार्य नहुने बताउनुभएको हो । उहाँले यस्तो अवस्था सिर्जना भए एमालेका नेता–कार्यकर्ता हातमा दही जमाएर नबस्ने स्पष्ट पार्दै आवश्यक परे कडा प्रतिवाद गरिने बताउनुभो ।

उहाँले राजनीतिक पूर्वाग्रहका आधारमा पार्टी अध्यक्षमाथि आरोप लगाउने वा कारबाहीको प्रयास गर्ने गतिविधि भए त्यसको सशक्त प्रतिवाद गरिने उल्लेख गर्नुभयो। श्रेष्ठले पार्टी नेतृत्वमाथि लक्षित कुनै पनि षड्यन्त्र स्वीकार नगर्ने चेतावनी दिँदै आवश्यकता परे एमाले कार्यकर्ता “अरिङ्गालको रूपमा उत्रन बाध्य हुने” टिप्पणी गर्नुभयो।

श्रेष्ठले पार्टी नेतृत्वको सम्मान र प्रतिष्ठामाथि आँच पुग्ने खालका गतिविधि नगर्न सम्बन्धित पक्षलाई सचेत गराउँदै राजनीतिक स्थायित्व र लोकतान्त्रिक अभ्यासलाई कमजोर पार्ने प्रयास नगर्न पनि आग्रह गर्नुभयो।

उहाँले अध्यक्ष ओलीको नेतृत्वमा पार्टी अघि बढिरहेको उल्लेख गर्दै पार्टीभित्र तथा बाहिरबाट हुने कुनै पनि अस्वाभाविक दबाब वा आरोपको सामना गर्न एमाले कार्यकर्ता तयार रहेको बताउनुभयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नयाँ बानेश्वरमा बेलुकीदेखि सुरु भएको दुई शीर्ष नेताबिचको छलफल जारी रहेको स्रोतले जनाएको छ । भेटका क्रममा सभापति थापाले पार्टीको पराजयको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिने तयारी रहेको जानकारी गराएको बताइएको छ। थापाले आफूले पार्टीको पराजयको जिम्मेवारी लिनुपर्ने भन्दै पद त्याग गर्नु उचित हुने धारणा व्यक्त गरेका छन् । ‘पार्टीको पराजयको जिम्मेवारी […]

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा आक्रामक परिणाम निकालेको राष्ट्रिय स्वनन्त्र पार्टीभित्र जनता अल्मलिने धारणा आउन शुरु भएको छ ।  सबै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम नआउँदै पार्टीभित्र नयाँ प्रधानमन्त्री बन्ने र बनाउने विषयलाई लिएर अन्यौल उत्पन्न भएको हो । गत पुस १३ गते पार्टी सभापति रवि लामिछाने र काठमाडौँ महानगरका तत्कालीन मेयर बालेन साहबीच सात बुँदे सम्झौता […]

सिराहा । स्वतन्त्र उम्मेदवार फुलदेव ठाकुर घोडामाथि हेल्मेट लगाएर चुनावी मैदानमा उत्रिए। एजेन्डा पनि कम्ता रोचक थिएन—“जितेँ भने सुन–चाँदी सस्तो बनाइदिन्छु, जनतालाई रुखमुनि चौतारा बनाइदिन्छु।” तर नतिजा आयो २५ मत मात्र। अन्त्यमा घोडा पनि अचम्म, उम्मेदवार पनि रुँदै घर फर्किए!

error: Content is protected !!