०१ चैत्र २०८२, आइतबार
15-03-2026 , Sun
×

घोराही बनाऔं अभियानद्वारा फोरलेन सडकको काम दु्रत गतिमा अगाडी बढाउन माग,

Logo
ABC-Sanchar प्रकाशित आइतबार, चैत्र ०१, २०८२

दाङ । घोराही बनाऔं अभियानले घोराही–तुलसीपुर सडक खण्डमा पर्ने फोरलेन सडक निर्माणको कामलाई दु्रतगतिमा अगाडी बढाउन माग गरेको छ । अभियानको टोलीले डिभिजन सडक कार्यालय दाङमा पुगेर फोरलेन सडक र सोही सडकमा बनि रहेका पुल निर्माणको कामलाई पहिलेको भन्दा पनि दु्रत गतिमा अगाडी बढाउन माग गरेको हो । निर्वाचन पछि सडक निर्माणको कार्यमा ढिला सुस्त भैरहेको गुनासोहरु सामाजिक सञ्जालमा बढेको भन्दै अभियानले सम्बन्धित निकायलाई यस कुराको ध्यानाकर्षण गराएको हो ।

घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनको नेतृत्वमा डिभिजन सडक कार्यालय पुगेको टोलीले कार्यालयसँग यस विषयमा विशेष छलफल गरेको छ । छलफल पश्चात् अभियानको तर्फबाट कार्यालयलाई ज्ञापनपत्र समेत बुझाईको थियो । डिभिजन सडकका प्रवक्ता इन्जिनियर अशोक चौधरीले ज्ञापनपत्र बुझ्दै समयमा नै फोर लेन सडक र पुल निर्माणको काम सम्पन्न गर्न आफूहरू गम्भीरताका साथ लागिपरेको बताउनुभयो l सो अवसरमा नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष केल बुढाथोकी, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य चिन्तामणि पौडेल, राष्ट्रिय खेलाडी बिरु भाइ बज्राचार्यलगायतको उपस्थिति रहेको थियो l

ज्ञापनपत्रको पूर्ण पाठ ः
श्री डिभिजन प्रमुखज्यू सडक डिभिजन कार्यालय, दाङ
विषय ः घोराही–तुलसीपुर फोरलेन सडकको काम व्यापक बनाउने सम्बन्धमा
महोदय,
दाङ लुम्बिनी प्रदेशको राजधानी भएको जिल्ला हो । दाङको सदरमुकामकारुपमा रहेको घोराही नेपालकै सबै भन्दा ठूलो उपमहानगरपालिका हो । दाङमा घोराही अनि तुलसीपुर गरी दुई वटा उपमहानगरपालिका छन् । यसै सन्दर्भमा घोराही देखि तुलसीपुर जोड्ने फोरलेन सडक निर्माणको काम भैरहेकोमा हामी अति नै खुसी छौं । लामो समयसम्म फोरलेन सडकको काम अल्पत्र हुँदा दाङबासीमा निराशा अनि आक्रोश फैलिएको थियो । जुन यहाँलाई पनि अवगत नै छ ।
विगत केही महिनादेखि घोराही–तुलसीपुर सडक खण्ड अन्तगर्तको फोरलेनको काम, यसैगरी बाँकी रहेका केही खोलामा पुल निर्माणको कामले गति लिइरहेकोमा सबै सरोकारवाला निकायहरुलाई धन्यवाद दिन चाहन्छौं । तर, यसैबीच केही दिन यता फोरलेन सकडको काममा केही सुस्तता आएको जनगुनासोहरु बढ्न थालेको छ । सामाजिक सञ्जालमा बढ्न थालेको गुनासोले जनतामा निराशा उत्पन्न भए जस्तो आभाष हामीले समेत महसुस गरिरहेका छौं । तसर्थ फोरलेन सडक र केही खोलाहरुमा जारी पुल निर्माणको कामलाई पहिलेको भन्दा पनि दु्रत गतिमा अगाडी बढाएर समय अगाडी नै फोरलेन सडक र पुल निर्माणको काम सकिने छ भन्ने सन्देश प्रवाह गरी उत्साह थप्ने काममा यहाँहरु घनिभूतरुपमा लागि रहनुहुनेछ भन्ने जोडदार मागसहित खबरदारी पत्र पेश गर्दछौं । फोरलेन सडक लगायत अन्य विकास निर्माणसँग सम्बन्धित कार्यहरुलाई सार्थक बनाउन अभियानको तर्फबाट सधैभरी सकारात्मक साथसहयोग हुने समेत जानकारी गराउँदछौं ।
सविन प्रियासन
(संयोजक)
घोराही बनाऔं अभियान

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही बनाऔं अभियानले घोराही–तुलसीपुर सडक खण्डमा पर्ने फोरलेन सडक निर्माणको कामलाई दु्रतगतिमा अगाडी बढाउन माग गरेको छ । अभियानको टोलीले डिभिजन सडक कार्यालय दाङमा पुगेर फोरलेन सडक र सोही सडकमा बनि रहेका पुल निर्माणको कामलाई पहिलेको भन्दा पनि दु्रत गतिमा अगाडी बढाउन माग गरेको हो । निर्वाचन पछि सडक निर्माणको कार्यमा ढिला सुस्त […]

२००७ सालदेखि नेपालमा शनिबार बिदा दिने चलन जुद्ध शमशेरले चलाएका हुन् काठमाडौं । नेपालमा शनिबार बिदा दिने चलन जुद्ध शमशेरले चलाएका हुन्। उनले २००७ सालमा शनिबार आधा दिनको बिदा दिने घोषणा गरेका थिए। त्यसपछि २०१६ सालमा महेन्द्र शमशेरले शनिबार पूर्ण बिदा दिने निर्णय गरेका थिए ।

काठमाडौँ । तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल र तत्कालिन प्रहरी प्रमुख (आइजिपी) सवेन्द्र खनालसहित १२ जना जोडिएको ६ वर्ष पुरानो एउटा फाइलमा फोजदारी अनुसन्धान अघि बढाउन सर्वोच्च अदातलले परमादेश जारी गरेको छ । तत्कालीन समयमा भूमिगत रहेको नेकपा माओवादी विप्लव समूहका नेता कुमार पौडेलको इन्काउन्टर घटनामा उनीहरु माथि  फौजदारी अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतले परमादेश […]

error: Content is protected !!