२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

घोराही बनाऔं अभियानद्वारा गोग्लीको नगर अस्पताल निर्माण गरी छिटो सूचारु गर्न माग,

Logo
ABC-Sanchar प्रकाशित सोमबार, चैत्र ०२, २०८२

दाङ । घोराही बनाऔं अभियानले घोराही–४ भकारे (गोग्ली) स्थित नगर अस्पतालको भवन निर्माण कार्य छिटो सम्पन्न गरी अस्पतालको सेवा सूचारु गर्न माग गरेको छ । घोराही बनाऔं अभियानको टोलीले अस्पतालको स्थलगत अध्ययन पश्चात् घोराही उपमहानगरपालिकालाई यस विषयमा ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो । अभियानका संयोजक सविन प्रियासनको अगुवाईमा गएको टोलीले घोराही उपमहानगरसँग नागरिकको जीवनसँग जोडिएको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँने दायित्व सरकारको भएको हुँदा पालिकाले अस्पतालको भवन निर्माण कार्यलाई समयमै सम्पन्न गर्न र त्यहाँ अस्पतालकारुपमा सेवा सूचारु गर्न माग गरेको हो । ज्ञापनपत्र बुझ्दै घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमाकुमारी डिसीले घोराही बनाऔं अभियानले अति नै राम्रो विषय उठान गरेको भन्दै यस विषयमा पालिकाले गम्भीरताका साथ कार्य गर्ने बताउनुभयो ।
घोराहीमा सरकारी अस्पताल नभएका कारण स्वास्थ्य विमालगायतका सरकारले निशुःल्करुपमा दिने गरेको स्वास्थ्य सेवा नागरिकलाई दिनका लागि केही समस्याहरु भएको बताउँदै उपप्रमुख डिसीले नगर अस्पताल निर्माण कार्य र सेवा सूचारु गर्ने विषयमा नगरकै तर्फबाट आफुहरुले तदारुकताका साथ काम गरिरहेको र गर्ने बताउनुभयो ।

नगर अस्पताल सञ्चालन गर्ने सवालमा बुझाइएको ज्ञापनपत्रको पूर्ण पाठ ः
श्री नगर प्रमुखज्यू
घोराही उपमहानगरपालिका
घोराही, दाङ

विषय ः घोराही–४ भकारे (गोग्ली)मा रहेको नगर अस्पतालको भवन छिटै निर्मााण कार्य सम्पन्न गरी सेवा सूचारु सम्बन्धमा ।
महोदय,
दाङ लुम्बिनी प्रदेशको राजधानी भएको जिल्ला हो । दाङको सदरमुकामकारुपमा
रहेको घोराही नेपालकै सबै भन्दा ठूलो उपमहानगरपालिका हो । दाङलाई पछिल्लो समय स्वास्थ्यको हबकारुपमा पनि विकास गर्न खोजिएको छ । घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले हाल विशषज्ञ सेवा समेत प्रदान गरिरहेको छ । जसमा दाङबासी खुसी छन् ।
यति हुँदा हुँदै पनि कतिपय स्वास्थ्य सेवाका सन्दर्भमा समस्याहरु जिउँका तिउँ छन् । नेपाल सरकारले दिइ रहेको स्वास्थ्य विमा मार्फत उपचार र प्रारम्भीक स्वास्थ्य उपचारको सन्दर्भमा सबै जसो नागरिक प्रतिष्ठानमा जाने भएका कारण त्यहाँ अत्यधिक भिडभाड छ । जसले गर्दा जटिल बिरामी भएकाहरुलाई समेत घण्टौ कुर्नुपर्ने अवस्था छ । तसर्थ घोराही–४ भकारे गोग्लीमा निर्माणाधिन नगर अस्पतालको भवन निर्माण कार्य सम्पन्न गर्ने अबधि पुगेको धेरै भैसक्दा समेत भवन निर्माणको कामले पूर्णता पाउन नसकेकाले घोराही उपमहानगरले विशेष पहल कदमि ल्याएर भवन निर्माण कार्य तत्काल सम्पन्न गर्ने सवालमा ध्यान दिन हामी माग गर्दछौं । यसका साथै भवन निर्माण कार्य सम्पन्न गरी छिटो भन्दा छिटो घोराही–४ भकारेमा नगर अस्पताल सूचारु गरी नगरबासीलाई स्वास्थ्य सेवा प्रदान गर्नका लागि जोडदार माग गर्दछौं ।
सविन प्रियासन
(संयोजक)
घोराही बनाऔं अभियान

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ देशभरका रेडियो, पत्रपत्रिका, टेलिभिजन र अनलाइन मिडियाको अस्तित्व संकटमा पर्न सक्ने तथा हजारौं पत्रकार, कर्मचारी र श्रमिकको रोजगारी जोखिममा पर्ने उल्लेख गरिएको छ । चालु आर्थिक वर्षको नौ महिना बितिसक्दा पनि सञ्चार क्षेत्रका लागि विनियोजित बजेट कार्यान्वयनमा नआएकोप्रति पनि महासंघले चिन्ता व्यक्त गरेको छ । महासंघले सरकारी विज्ञापन वितरण प्रणाली पारदर्शी, समानुपातिक […]

दाङ । मनसुनपूर्व तयारी बैठकले लुम्बिनी प्रदेशमा विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउनेगरी योजनाको मस्यौदा तयार गर्न कार्यदल गठन गरिएको छ । मन्त्रालय अन्तर्गतको विपद् महाशाखा प्रमुखको संयोजकत्वमा विपद् प्रतिकार्य योजना २०८३ तयार पार्न कार्यदल गठन गर्ने निर्णय भएको हो । उक्त कार्यदलले योजनाको मस्यौदा तयार पार्नेछ । बैठकमा मन्त्रालयका सचिव विनोद लामिछानेका अनुसार : प्रि–मनसून अवधिमा […]

काठमाडौं । धैरै मानिसले स्वादका लागि मासु खाने गर्छन् । मासुमा स्वाद मात्र नभएर शरीरलाई आवश्यक पोषण पनि हुन्छ । तर, मासुको अत्यधिक प्रयोग भने मानव स्वास्थ्यका लागि फाइदाजनक छैन । स्वादकै लागि मानिसले बिहान–बेलुकी नै मासु प्रयोग पनि गर्छन् । जसले मानिसलाई फाइदाभन्दा बढी बेफाइदा गर्छ । मासुको मात्रा र खाने विधिबारे केही टिप्स […]

error: Content is protected !!