२६ जेठ २०८३, मंगलबार
09-06-2026 , Tue
×

सभापति रवि लामिछानेले मन्त्री बन्न मिडिया ट्रायल गर्नु पर्दैन बोलेर होइन काम गरेर देखाउन निर्देशन,

Logo
ABC-Sanchar प्रकाशित बिहिबार, चैत्र ०५, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हालै दिएका अभिव्यक्तिहरूमा उनले मन्त्री बन्न मिडिया ट्रायल गर्नु पर्दैन भन्ने कुरा व्यक्त गरेका छन्।

उनले आफ्ना सांसदहरूलाई सार्वजनिक अभिव्यक्ति दिँदा संयम र जिम्मेवारी अपनाउन कडा निर्देशन दिएका छन्। लामिछानेले हल्का र असावधानीपूर्ण अभिव्यक्तिले जनताको विश्वासमा आँच आउने भन्दै त्यस्ता गतिविधि नगर्न चेतावनी दिएका छन् ।

लामिछानेको यो अभिव्यक्ति उनको सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा धरौटीमा रिहा भएपछि आएको हो। उनको राजनीतिक शैली अझ चर्को, आक्रोशपूर्ण र प्रतिशोधमुखी बन्दै गएको देखिन्छ। यही क्रममा उनका अभिव्यक्ति दलहरू, संसद् र स्थापित राजनीतिक संरचनाप्रति धम्कीपूर्ण र अविश्वासपूर्ण बन्दै गइरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको मूल्य समायोजन (वृद्धि) गर्ने निर्णय,कच्चा पदार्थको मूल्यमा भएको भारी वृद्धि र ढुवानी खर्च बढेका कारण पुरानै मूल्यमा उद्योग सञ्चालन गर्न नसकिने भन्दै महासंघले मूल्य बढाउने निर्णय गरेको हो । आज एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले हाल पानी उद्योगमा प्रयोग हुने बोतल, क्याप, र्‍यापिङ रोल, जार […]

दाङ । गढवा न्यायमा पहुँच सुनिश्चित गर्न प्रहरी र नागरिक समाजको दायित्वलाई सकेसम्म संवेदनशील, परिणाममुखी अनि सशक्त बनाउने आधार तयार रहेको नेपाल प्रहरी प्रमुख एवम् महानिरीक्षक दानबहादुर कार्कीले उद्घोष गरेका छन् । दाङ जिल्लाको देउखुरी उपत्यका अन्तरगत ईलाका प्रहरी कार्यालय गढवाको परिसरमा बिहीबार दिउँसो आयोजित सभालाई कार्कीले सम्बोधन गरेका थिए । इलाका प्रहरी कार्यालय गढवा, […]

दाङ । सरकारले हालै सरकारी विज्ञापनलाई सरकारी सञ्चार माध्यममा मात्र प्रकाशित र प्रसारित गर्ने निर्णय गरेको छ । यो निर्णयले सम्पूर्ण निजी सञ्चार क्षेत्रलाई आर्थिक रूपमा मात्र होइन, नैतिक तथा व्यावसायिक रूपमा पनि गम्भीर धक्का दिएको छ । यो कदम स्वच्छाचारी मात्र होइन, लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रत्यक्ष प्रहार हो । यसले मुलुकलाई स्वतन्त्र पत्रकारिताबाट वञ्चित गर्दै […]

error: Content is protected !!