काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले निर्वाचनमा उत्कृष्ट कार्य गरेको भन्दै एआईजीदेखि प्रहरी जवानसम्मका ६९ जनालाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा अधिकांश उच्च पदका अधिकृतहरु रहेका छन्, जसको चुस्त कमाण्डले खटाइएको क्षेत्रमा शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न भयो ।
स्रोतका अनुसार संगठनले २ एआईजीसहित ६९ प्रहरी कर्मचारीलाई पुरस्कृत गर्यो । पुरस्कृत हुनेमा २ एआईजी, ७ डिआईजी, ७ जना एसएसपी, १९ जना एसपी, १७ डिएसपी, चार इन्स्पेक्टर, ५ जना बरिष्ठ सई, बरिष्ठ हवल्दार १ जना, ३ हवल्दार, २ जना सहायक हवल्दार र २ जना जवान रहेका छन् ।
कार्यविभागका डिआइजी अरुण पौडेल, कोशी प्रमुख बिनोद घिमिरे, मधेस प्रमुख गोविन्द थपलिया, बागमती प्रमुख दिपक रेग्मी, गण्डकी प्रमुख दिपेन्द्र जिसी क्षेत्री, लुम्बिनी प्रमुख भुपेन्द्र बहादुर खत्री र सुदूरपश्चिम प्रमुख ओम राना पुरस्कृत हुँदा कर्णाली प्रमुख जयराज सापकोटा किन पुरस्कृत भएनन् होला ? कि डिआइजी पुरस्कृत गर्नुपर्ने कोटा ७ मात्र भएर उनी नपरेका हुन् कि ? ७ लाई ८ वा ६९ लाई ७० बनाउन नमिल्ने भएर नै होला है पक्कै पनि !
के कर्णालीमा चुनाव शान्तिपूर्ण भएको थिएन र ? थाहै पाइएन, यो त मात्र जिज्ञासा ल ! जान्न मात्र मन लागेको हो… कि पुरस्कृत भएको नाममा मैले नदेखेको पो हो कि ?? थाहै भएन… कसैले थाहा पाउनुभएको छ भने कमेन्ट गर्नु ल !