०७ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

देशभर विभिन्न जिल्लामा हावाहुरीसहित भारी बर्षा हुने, मौसम पूर्वानुमान महाशाखा,

Logo
ABC-Sanchar प्रकाशित शनिबार, चैत्र ०७, २०८२

काठमाडौं । कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भाग लगायत बाँकी प्रदेशको हिमाली भू-भागका थोरै स्थानहरूमा तथा कोशी प्रदेशको तराई लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ।

शनिबार राति देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली भू-भागका थोरै स्थानहरूमा तथा पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भाग लगायत बाँकी प्रदेशको हिमाली भू-भागका थोरै स्थानहरूमा तथा कोशी प्रदेशको तराई लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका […]

कर्णाली । हिमपात मुख्यतया मुगुको माथिल्लो भेगमा भएको छ, भने तल्लो भू-भागमा हल्का वर्षा भएको छ। कर्णाली प्रदेशका मुगु, डोल्पा, जुम्ला, कालिकोट र हुम्ला जिल्लामा हिमपात र वर्षा भएको हो । हिमपातले जमिनमा चिस्यान बढाउने भएकाले आगामी बालीका लागि सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। हिमपातले किसानलाई राहत दिएको छ, किनभने हिमपातले जौ, गहुँबाली, फलफूल […]

काठमाडौं । नेपालको पश्चिम क्षेत्रबाट आज बिहानैदेखि वर्षा सुरु भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले पश्चिमबाट सुरु भएको वर्षा विस्तारै पूर्वतर्फ सर्दै गएको हो। विभागका सूचना अधिकारी दिनकर कायस्थले पश्चिम नेपालको डडेलधुरा, डोटी, अछाम, बाजुरा, बझाङ गुल्मी, कास्की, तनहुँ, पाल्पा, अर्घाखाँची, मनाङलगायत क्षेत्रमा आज बिहानैदेखि वर्षा भइरहेको जनाउँदै वर्षा […]

error: Content is protected !!