०९ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

शनिबार देशभर मुस्लिम समुदायहरुले (इद उल फित्र पर्व) धुमधामसहित मनाउँदै,

Logo
ABC-Sanchar प्रकाशित शनिबार, चैत्र ०७, २०८२

काठमाडौं । अरबी पात्रो हिजरी संवत अनुसार नवौँ महिनामा निराहार व्रत गरेका देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर आज इद उल
फित्र पर्व मनाउँदै छन् ।

शनिबार विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफुभन्दा ठुला बडाकहाँ गएर आशिर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुर लगायत मीठा खानेकुरा खान दिने चलन छ ।

खुशीपूर्वक दान गरेर दीन दुःखी एवम् गरीबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो । अरबी पात्रो अनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुने मुस्लिम धर्मावलम्बी एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सतारले जानकारी दिए ।

शनिबार बिहान नेपाली जामे मस्जिद घन्टाघरमा विशेष नमाज पाठ गरिनेछ । त्यसपछि ठूलाबडाकहाँ आशीर्वाद लिने क्रम सुरु हुन्छ । यो पर्वको अर्को उल्लेखनीय पक्ष दीन दुःखी र गरीबलाई दान दिनु हो । यसैगरी घण्टाघरमै रहेको काश्मि मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा पनि विशेष कार्यक्रमका साथ नमाज पाठ गरिन्छ ।

यस पर्वमा मुस्लिम धर्मावलम्बीले एक वर्षभित्रको वचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख गरिएको पनि उनले बताए । यसरी दान गरिएको नगद वा जिन्सी दीन दुःखी एवम् गरीबलाई बाँडिन्छ । यसलाई जकात भनिन्छ ।

ईद उल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन् । जसलाई सत्कार फितर भनिन्छ । यो दान आमाको पेटमा आएको बच्चाको पनि गरिनुपर्छ भन्ने नियम छ । यो दान पनि दीन दुःखी र गरीबलाई नै दिइन्छ ।

आजभन्दा एक महिना अघिदेखि मुस्लिम समुदायको एक महिना लामो व्रत -रोजा) सुरु भएको थियो । एक वर्षभित्र गरेका पाप कटाउन यो व्रत गरिने उनले बताए । एक महिनासम्म सूर्योदयदेखि सूर्यास्त नहुने बेलासम्म ब्रत गरेर साँझ चन्द्रमाको पूजा गरिएको थियो ।

यस पर्वका अवसरमा मुस्लिम समुदायले नयाँ कपडा लगाइ साथीभाइकहाँ गएर इदको शुभकामना आदानप्रदान गर्छन् । यस अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अरबी पात्रो हिजरी संवत अनुसार नवौँ महिनामा निराहार व्रत गरेका देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर आज इद उल फित्र पर्व मनाउँदै छन् । शनिबार विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफुभन्दा ठुला बडाकहाँ गएर आशिर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने […]

दाङ । घोराही बनाऔं अभियानको सहजीकरण एवं स्थानीय समुदायको जीवन्त प्रयासनमा घोराही उपमहानगरपालिका वडा नम्वर १२ मा रहेको तल्लो बसन्तापुर टोल यतिबेला पिउनेपानीको समस्याबाट मुक्त भएको छ । केही महिना अगाडीसम्म एक गाग्री पानीका लागि रातरातभर जागाराम बस्नुपर्ने बाध्यताबाट यतिबेला उक्त टोलका बासिन्दाहरुले मुक्ति पाएका छन् । घोराही बनाऔं अभियानले सो टोलमा नयाँ खानेपानी समिति […]

दाङ । घोराही चैनपुर क्षेत्रमा पिउने पानीको समस्या निराकरण गर्नको लागि घोराही बनाऔँ अभियानले विशेष पहल गर्ने भएको छ। सो क्षेत्रका ६०० बढी घरधुरीलाई पिउने पानीको व्यवस्था गर्नको लागि सुरु भएको खानेपानी आयोजना पूर्णता नपाएपछि हाल त्यहाँ पिउने पानीको व्यापक समस्या छ । व्यवस्थित रुपमा पानी ट्याङ्की निर्माण भइसक्दा समेत पाइपलाइनिङ लगायतका कामहरू रोकिएकाले स्थानीयवासीले […]

error: Content is protected !!