सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ।
कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्।
यस कदमले कर्णाली प्रदेशमा अवैध गतिविधिहरु रोक्न र प्रहरीको छवि सुधार्न मद्दत गर्ने अपेक्षा गरिएको छ। प्रहरी कार्यालयले यस्ता गतिविधिहरु विरुद्ध कडाई गर्ने र जनता बीच विश्वास बढाउने प्रयास गरिरहेको छ ।