१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

काठमाडौंको विभिन्न स्थानहरुमा बिरोध प्रदर्शन र झडप प्रहरीद्वारा लाठी चार्ज स्थिति तनावग्रस्त,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, चैत्र १४, २०८२

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा सडक संघर्ष गर्ने सचिवालय बैठकको निर्णयसँगै कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका छन् । दिउँसो ३ बजेदेखि माइतीघरमा भेला भएका एमालेमा विभिन्न जनसंगठनमा आबद्ध कार्यकर्ताहरुले प्रदर्शन जारी राखेका छन् । माइतीघरदेखि बबरमहल-बिजुलीबजार क्षेत्र यतिबेला तनावग्रस्त बनेको छ । कार्यकर्ताले ओलीको रिहाइको माग गर्दै गृहमन्त्रीको राजीनामा मागेका छन् । सडकका डिभाइडर तोडफोड गर्दै टायर बालेर प्रदर्शन गरेका कारण सडकमा सवारीसाधन ठप्प छ । टायर र डिभाइड जम्मा पारेर कार्यकर्ताले जलाउँदा प्रहरीले त्यसलाई रोक्ने प्रयास गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा सडक संघर्षमा उत्रिएका एमाले कार्यकर्ताको प्रदर्शनका कारण अहिले बबरमहल क्षेत्र तनावग्रस्त भएको छ । उनीहरुले सडकका डिभाइडर तोडफोड गर्दै अघि बढेका छन् भने प्रहरीले रोक्ने प्रयास गरिरहेको छ । उनीहरुले डिभाइडर भेला पारेर जलाएका छन् ।

एमाले अध्यक्ष केपी ओली पक्राउको विरोधमा माइतीघरमा प्रदर्शनमा पुगेका एमाले कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी सुरु भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा अनेरास्ववियुका कार्यकर्ताले काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शन गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरीको नियमित सरुवा रोकिएको छ। विभिन्न जिल्लाका प्रहरी इन्चार्जहरुको एक वर्ष अवधि पुगेपनि अझै सरुवा हुन सकेको छैन । गत वर्ष भदौको अन्तिममा विभिन्न जिल्लाका प्रमुखहरुको सरुवा भएको थियो। उनीहरु सरुवाको पर्खाईमा छन्। तर, प्रहरी नेतृत्व र गृह मन्त्रालयबिच कुरा नमिल्दा सरुवा हुन सकेको छैन । स्रोतका अनुसार प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले […]

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा गएको भदौ १० गते आएको बाढीको कारण आज पनि रसुवा, नुवाकोट र धादिङका विभिन्न राजमार्ग अवरुद्धै अवस्थामा छन्। रसुवाका सबै मुख्य राजमार्ग अहिलेसम्म पनि गाडी चल्न नसकेका प्रहरीले जनाएको छ। त्यसैगरी आज ललितपुरमा कान्तिलोकपथ, मनाङमा बेनी–जोमसोम सडक र बेनी-दरबाङ सडक, मुस्ताङमा जोमसोम-कोरला सडक पूर्णरूपमा अवरुद्ध छ। त्यसैगरी पर्वतमा मालढुंगा-बेनी, मध्यपहाडी लोकमार्ग, […]

दाङ । आफ्नो जन्मदिनको अवसर पारेर दाङ घोराही निबासी राष्ट्रिय अनलाईन पत्रकार संघका कार्यबाहक अध्यक्ष एवं एबिसी संचारका प्रधान सम्पादक इशाई अवाजका कार्यकारी सम्पादक एवं सिधा पत्रका क्राइमबिट ब्युरो प्रमुख पत्रकार सागर थापाले रक्तदान गर्नु भएको छ । उहाँले रक्तदान नै जिबन दान हो भन्ने मान्यताका साथ आफ्नो रगतले अरुको जिविन बचोस भन्दै आफुले आफ्नो […]