१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

विपद् प्रतिकार्य योजना २०८३ को मस्यौदा बनाउन लुम्बिनीमा कार्यदल ,

Logo
बिदुर एमसी प्रकाशित मंगलबार, चैत्र १७, २०८२

दाङ । मनसुनपूर्व तयारी बैठकले लुम्बिनी प्रदेशमा विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउनेगरी योजनाको मस्यौदा तयार गर्न कार्यदल गठन गरिएको छ ।

मन्त्रालय अन्तर्गतको विपद् महाशाखा प्रमुखको संयोजकत्वमा विपद् प्रतिकार्य योजना २०८३ तयार पार्न कार्यदल गठन गर्ने निर्णय भएको हो । उक्त कार्यदलले योजनाको मस्यौदा तयार पार्नेछ ।

बैठकमा मन्त्रालयका सचिव विनोद लामिछानेका अनुसार : प्रि–मनसून अवधिमा देखापरेको उतारचढावका कारण तापक्रम बढेर मानव स्वास्थ्यमा असर पर्ने भएकाले अनुकूलनका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा सुझाव दिए । प्राकृतिक सम्पदाको संरक्षणलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने लामिछानेले उल्लेख गरे ।

बैठकमा जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख रामप्रसाद अवस्थीले प्रि–मनसुन सम्बन्धी पूर्वानुमान कार्यक्रम प्रस्तुत गरे । यस अवधिमा वर्षा सरदर रहने वा केही स्थानमा सामान्यभन्दा बढी हुनसक्ने सम्बन्धि चर्चा गरे । साथै अवस्थीले तापक्रम सरदर वा सोभन्दा बढी हुनसक्ने तथा हावाहुरी, चट्याङजन्य घटनाका अवस्था र आकस्मिक बाढीका घटनामा वृद्धि हुन सक्ने पनि बताए ।

अवस्थीका अनुसार जलवायु सूचकहरूमा परिवर्तन देखापरेको छ । अधिकतम तापक्रम वार्षिक ०.०५ र न्यूनतम तापक्रम ०.०६ डिग्रीले बढ्दै गएको जनाइएको छ । प्रि–मनसुन समयमा तापक्रम वृद्धि अन्य समयभन्दा बढी देखिएको छ । हिउँदमा अधिकतम तापक्रम र मनसुनमा न्यूनतम तापक्रममा सामान्य गिरावट आएको छ ।
वर्षा वार्षिक रूपमा दुई मिलिमिटरभन्दा बढीले घट्दै गएको तथा मनसुनको कूल वर्षामा कमी आएको उल्लेख गरिएको छ ।

अत्याधिक वर्षाका दिन भने मनसुन र हिउँदमा बढ्दै गएका छन् भने प्रि–मनसुनमा घटेका छन् । सुख्खा र गर्मी अवधि बढ्दै गएको, चिसोपनाको अवधि सामान्य रहेको तथा हावाहुरी, मेघगर्जन र चट्याङका घटनामा वृद्धि भइरहेको जानकारी दिइएको छ ।

बैठकले मनसुनपूर्व तयारीलाई थप व्यवस्थित, समन्वयात्मक र प्रभावकारी बनाउन सम्बन्धित सबै निकायलाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । मनसुनपूर्व तयारी बैठकले लुम्बिनी प्रदेशमा विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउनेगरी योजनाको मस्यौदा तयार गर्न कार्यदल गठन गरिएको छ । मन्त्रालय अन्तर्गतको विपद् महाशाखा प्रमुखको संयोजकत्वमा विपद् प्रतिकार्य योजना २०८३ तयार पार्न कार्यदल गठन गर्ने निर्णय भएको हो । उक्त कार्यदलले योजनाको मस्यौदा तयार पार्नेछ । बैठकमा मन्त्रालयका सचिव विनोद लामिछानेका अनुसार : प्रि–मनसून अवधिमा […]

काठमाडौं । धैरै मानिसले स्वादका लागि मासु खाने गर्छन् । मासुमा स्वाद मात्र नभएर शरीरलाई आवश्यक पोषण पनि हुन्छ । तर, मासुको अत्यधिक प्रयोग भने मानव स्वास्थ्यका लागि फाइदाजनक छैन । स्वादकै लागि मानिसले बिहान–बेलुकी नै मासु प्रयोग पनि गर्छन् । जसले मानिसलाई फाइदाभन्दा बढी बेफाइदा गर्छ । मासुको मात्रा र खाने विधिबारे केही टिप्स […]

बाँके । बेलभार प्रहरी चाैकीद्वारा अन्तरक्रिया चाैकी इन्चार्ज आफ्नाे भनाई राख्दै भन्नुभयो, “हामीले अवैध गतिविधिहरु विरुद्ध कडाई गर्ने प्रयास गरिरहेका छौँ। हाम्रो प्रमुख उद्देश्य जनता बीच विश्वास बढाउनु र अवैध गतिविधिहरु रोक्नु हो।” बेलभार प्रहरी चाैकीले अवैध गतिविधिहरु विरुद्ध अभियान चलाएको छ, जसमा अवैध माछा आयात, अवैध उत्खनन् र ढुवानी विरुद्ध कडाई गर्ने प्रयास गरिरहेको […]

error: Content is protected !!