०८ साउन २०८३, शुक्रबार
24-07-2026 , Fri
×

रूपन्देहीको डन्डा खोलामा अव्यवस्थित डम्पिङ साइटविरुद्ध सर्वोच्चमा रिट,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, चैत्र १७, २०८२

रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाअन्तर्गत डन्डा खोलामा रहेको अव्यवस्थित डम्पिङ साइटका कारण स्थानीय बासिन्दा स्वास्थ्य समस्या र प्रदूषणको मारमा परेका छन्। यसै विषयलाई लिएर अधिवक्ता विवेक बख्रेल र कानूनकी विद्यार्थी अञ्जली सिलवालले संघीय सरकार, लुम्बिनी प्रदेश सरकार तथा सिद्धार्थनगर नगरपालिकासहित सम्बन्धित निकायविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

रिट निवेदनमा डन्डा खोलामा सञ्चालित डम्पिङ साइट अनियन्त्रित रहेको र त्यसबाट तीव्र दुर्गन्ध तथा प्रदूषण फैलिएको उल्लेख गरिएको छ। यसले स्थानीय जनस्वास्थ्यमा गम्भीर असर पारेको दाबी निवेदकहरूले गरेका छन्।

सर्वोच्च अदालतमा दायर रिटमार्फत उनीहरूले तीनै तहका सरकारलाई जिम्मेवार ठहर गर्दै तत्काल प्रदूषण नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न माग गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप ३ दिनको म्याद थपिएको छ । योसहित पौडेलको पाँचौपटक म्याद थप गरिएको हो । आज विशेष अदालतका सदस्यहरू न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासबाट ३ दिनको म्याद थप गरिएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धानको सिलसिलामा गत ८ गते सुर्खेतबाट पक्राउ गरिएका पौडेललाई यसअघि […]

काठमाडौं । नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको मूल्य समायोजन (वृद्धि) गर्ने निर्णय,कच्चा पदार्थको मूल्यमा भएको भारी वृद्धि र ढुवानी खर्च बढेका कारण पुरानै मूल्यमा उद्योग सञ्चालन गर्न नसकिने भन्दै महासंघले मूल्य बढाउने निर्णय गरेको हो । आज एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले हाल पानी उद्योगमा प्रयोग हुने बोतल, क्याप, र्‍यापिङ रोल, जार […]

दाङ । गढवा न्यायमा पहुँच सुनिश्चित गर्न प्रहरी र नागरिक समाजको दायित्वलाई सकेसम्म संवेदनशील, परिणाममुखी अनि सशक्त बनाउने आधार तयार रहेको नेपाल प्रहरी प्रमुख एवम् महानिरीक्षक दानबहादुर कार्कीले उद्घोष गरेका छन् । दाङ जिल्लाको देउखुरी उपत्यका अन्तरगत ईलाका प्रहरी कार्यालय गढवाको परिसरमा बिहीबार दिउँसो आयोजित सभालाई कार्कीले सम्बोधन गरेका थिए । इलाका प्रहरी कार्यालय गढवा, […]

error: Content is protected !!