२६ जेठ २०८३, मंगलबार
09-06-2026 , Tue
×

ललितपुर महानगरपालिकाद्वारा वातावरण प्रहरी भ्यानको शुभारम्भ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, चैत्र १९, २०८२

काठमाडौँ । ललितपुर महानगरपालिकाले ‘वातावरण भ्यान’को शुभारम्भ गरेको छ। एक कार्यक्रमको आयोजना गर्दै बिहीवार महानगर प्रमुख चिरीबाबु महर्जनले सो कार्यक्रमको शुभारम्भ गरेका हुन् ।
वातावरण संरक्षण तथा सरसफाइ व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित सञ्चालनमा ल्याइएको यस भ्यानमार्फत महानगर क्षेत्रमा अनुगमन र कारबाहीलाई थप सशक्त बनाइने बताइएको छ।
यस अभियानमा वातावरण प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन्। वातावरण प्रहरीले खुला रूपमा बालिएका आगो निभाउने, प्लास्टिकजन्य वस्तु जलाउन रोक्ने, अत्यधिक धुवाँ फाल्ने सवारी साधन तथा उद्योगहरूको अनुगमन गर्ने जनाइएको छ।
साथै, जथाभावी फोहोर फाल्ने, ध्वनि प्रदूषण गर्ने, अव्यवस्थित रूपमा विज्ञापन टाँस्ने तथा रुखबिरुवा क्षति पुर्‍याउने कार्यमा कडाइका साथ कारबाही गरिनेछ महानगरको भनाइ छ।
तस्बिरहरुःनेपाल फोटो लाइब्रेरी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको मूल्य समायोजन (वृद्धि) गर्ने निर्णय,कच्चा पदार्थको मूल्यमा भएको भारी वृद्धि र ढुवानी खर्च बढेका कारण पुरानै मूल्यमा उद्योग सञ्चालन गर्न नसकिने भन्दै महासंघले मूल्य बढाउने निर्णय गरेको हो । आज एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले हाल पानी उद्योगमा प्रयोग हुने बोतल, क्याप, र्‍यापिङ रोल, जार […]

दाङ । गढवा न्यायमा पहुँच सुनिश्चित गर्न प्रहरी र नागरिक समाजको दायित्वलाई सकेसम्म संवेदनशील, परिणाममुखी अनि सशक्त बनाउने आधार तयार रहेको नेपाल प्रहरी प्रमुख एवम् महानिरीक्षक दानबहादुर कार्कीले उद्घोष गरेका छन् । दाङ जिल्लाको देउखुरी उपत्यका अन्तरगत ईलाका प्रहरी कार्यालय गढवाको परिसरमा बिहीबार दिउँसो आयोजित सभालाई कार्कीले सम्बोधन गरेका थिए । इलाका प्रहरी कार्यालय गढवा, […]

दाङ । सरकारले हालै सरकारी विज्ञापनलाई सरकारी सञ्चार माध्यममा मात्र प्रकाशित र प्रसारित गर्ने निर्णय गरेको छ । यो निर्णयले सम्पूर्ण निजी सञ्चार क्षेत्रलाई आर्थिक रूपमा मात्र होइन, नैतिक तथा व्यावसायिक रूपमा पनि गम्भीर धक्का दिएको छ । यो कदम स्वच्छाचारी मात्र होइन, लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रत्यक्ष प्रहार हो । यसले मुलुकलाई स्वतन्त्र पत्रकारिताबाट वञ्चित गर्दै […]

error: Content is protected !!