२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

प्रहरीले गोली चलाए पछी ३२ किलो गाँजासहित एकजना पक्राउ

Logo
प्रकाशित बुधबार, माघ १५, २०७६

सागर थापा (क्राईमबिट)
हैटोडा माघ १५ गयराती ३ बजेको समयमा जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं. ११ थानाभर्याङ स्थित पूर्व पश्चिम लोकमार्गको सडक खण्डमा विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय हेटौडाबाट प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीको कमाण्डमा खटिएको ट्राफिक सहितको चेकिङ टोलीले मनहरीतर्फबाट हेटौडा तर्फ आउँदै गरेको BR-06J 4458 नं. को भारतीय नम्बरको कारलाई रोकी चेकजाँच गर्न खोज्दा उक्त कार नरोकी भैरवडाँडा तर्फ भाग्दा चाईनिज पेस्तोलबाट १ राउण्ड हवाई फायर गर्दा समेत नरोकेकोले पुन १ राउण्ड गोली उक्त कारको टायरमा फायर गरी कारलाई नियन्त्रणमा लिई कार चालक भारत मुजफपुर बस्ने बर्ष ३५ को संजित पासवान, कारमा सवार रहेका भारत मुजफपुर बस्ने बर्ष ३५ को अजैमल हवारी र भारत मुजफपुर बस्ने बर्ष ४५ की जाहेरा खातुन लाई पक्राउ गरी उक्त कारलाई चेकजाँच गर्दा कारको पछाडीको सिटमुनी फल्स बटम बनाई १६ वटा पोकामा ३२ किलो लागु औषध गाँजा फेला परेको हुँदा निजहरुलाई गाँजा सहित नियंत्रणमा लिई जिल्ला प्रहरी कार्यालय तर्फ ल्याउनेक्रमा हे.उ.म.न.पा. ११ राप्तिपुल स्थित पुर्व पश्चिम सडक खण्डमा काकडभिट्टाबाट धनगढी तर्फ जाँदै गरेको ना ५ ख ५५८२ नं. को यात्रुवाहक रात्री बसले व.प्र.का. हेटौडाको ना. १ झ १४१७ नं. को मोवाईल गाडीलाई ठक्कर दिदा प्रहरी निरीक्षक सहित ५ जना परहरी घाईते भएको गाँजा तस्कर मध्य १ जना महिला घाईते भएको घाईतेहरुको चुरेहिल अस्पतालमा उपचार भईरहेको, बस र बस चालक प्रहरीको नियण्त्रणमा रहेको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हेटौंडा । मकवानपुर बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौंडाले शनिबार बिहानबाट रेखाङ्कभित्र परेका संरचना भत्काउन थालेको हो । हेटौंडाको बुद्धचोकस्थित खाली घर भत्काउने कार्य जारी छ । सडक डिभिजनले बजार क्षेत्रका अरू ठाउँमा पनि डोजर चलाउन सुरू गरिसकेका छ । ३/४ ठाउँबाट एकैपटक विस्तार कार्य सुरू गरिएको डिभिजनले जनाएको छ […]

दाङ । नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशन गर्नु भएका सविन प्रियासनले आफ्नो पहिलो कविता संग्रह, ‘केपी शर्म ओली, समृद्धिका महानायक’ प्रकाशन गर्न लागि रहनु भएको छ । मंसिरको अन्तिमसाता बजारमा ल्याउन लागिएको कविता संग्रहमा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक जीवन, उहाँ राजकीय भूमिकामा गृहमन्त्रीदेखि प्रधानमन्त्री हुँदासम्म गरेका कामहरुलाई कवितामा […]

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

error: Content is protected !!