०८ भाद्र २०८३, सोमबार
24-08-2026 , Mon
×

प्रहरीले गोली चलाए पछी ३२ किलो गाँजासहित एकजना पक्राउ

Logo
प्रकाशित बुधबार, माघ १५, २०७६

सागर थापा (क्राईमबिट)
हैटोडा माघ १५ गयराती ३ बजेको समयमा जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं. ११ थानाभर्याङ स्थित पूर्व पश्चिम लोकमार्गको सडक खण्डमा विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय हेटौडाबाट प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीको कमाण्डमा खटिएको ट्राफिक सहितको चेकिङ टोलीले मनहरीतर्फबाट हेटौडा तर्फ आउँदै गरेको BR-06J 4458 नं. को भारतीय नम्बरको कारलाई रोकी चेकजाँच गर्न खोज्दा उक्त कार नरोकी भैरवडाँडा तर्फ भाग्दा चाईनिज पेस्तोलबाट १ राउण्ड हवाई फायर गर्दा समेत नरोकेकोले पुन १ राउण्ड गोली उक्त कारको टायरमा फायर गरी कारलाई नियन्त्रणमा लिई कार चालक भारत मुजफपुर बस्ने बर्ष ३५ को संजित पासवान, कारमा सवार रहेका भारत मुजफपुर बस्ने बर्ष ३५ को अजैमल हवारी र भारत मुजफपुर बस्ने बर्ष ४५ की जाहेरा खातुन लाई पक्राउ गरी उक्त कारलाई चेकजाँच गर्दा कारको पछाडीको सिटमुनी फल्स बटम बनाई १६ वटा पोकामा ३२ किलो लागु औषध गाँजा फेला परेको हुँदा निजहरुलाई गाँजा सहित नियंत्रणमा लिई जिल्ला प्रहरी कार्यालय तर्फ ल्याउनेक्रमा हे.उ.म.न.पा. ११ राप्तिपुल स्थित पुर्व पश्चिम सडक खण्डमा काकडभिट्टाबाट धनगढी तर्फ जाँदै गरेको ना ५ ख ५५८२ नं. को यात्रुवाहक रात्री बसले व.प्र.का. हेटौडाको ना. १ झ १४१७ नं. को मोवाईल गाडीलाई ठक्कर दिदा प्रहरी निरीक्षक सहित ५ जना परहरी घाईते भएको गाँजा तस्कर मध्य १ जना महिला घाईते भएको घाईतेहरुको चुरेहिल अस्पतालमा उपचार भईरहेको, बस र बस चालक प्रहरीको नियण्त्रणमा रहेको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हेटौँडा । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले विपद्का बेला आदेशको प्रतीक्षा गरेर नबस्न र परिस्थितिको गाम्भीर्यता बुझेर तत्काल परिचालित हुन सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरको नवौँ वार्षिकोत्सव समारोहमा बाेल्दै महानिरीक्षक पौडेलले विपद् व्यवस्थापनमा सक्रिय र तत्काल परिचालन हुन निर्देशन दिएका हुन् । उनले […]

काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूद्वारा भर्चुअल माध्यमबाट नेपाल प्रहरीका सबै ब्यूरोहरू, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्ज, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, का.उ.प्र.का. रानीपोखरी, सबै प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय, नेपाल प्रहरी शिक्षालय, भरतपुर, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय, जर्गाह, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ, […]

काठमाडौँ । ललितपुर स्थित प्रहरी वृत्त सातदोबाटोमा कार्यरत डीएसपी वकिल बहादुर सिंह उत्कृष्ट प्रहरी घोषित भएका छन् । सातदोबाटो क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न र अपराध नियन्त्रणमा उत्कृष्ट भूमिका खेलेको भन्दै जिल्ला प्रहरी परिसर ललितपुरले उनलाई उत्कृष्ट प्रहरी घोषणा गरेको हो । साउन महिनाको ‘पुलिस अफ द मन्थ’ घोषणा गर्दै ललितपुरका एसएसपी तुल बहादुर कार्कीले […]