२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दैलेख अदालतले जातीय भेदभाव कसूरमा १० हजार जरिवाना

Logo
प्रकाशित बिहिबार, माघ १६, २०७६

(भावना हमाल)
दैलेख माघ १६ नारायण नगरपालिका १० भवानीकी २४ वर्षीया राजकुमारी न्यौपानेलाई जातीय भेदभाव कसूरमा दैलेख जिल्ला अदालतले १० हजार रुपैंयाँ जरिवाना र पीडितलाई २५ हजार क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको छ ।
जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको एकल इजलासबाट सोमवार सो फैसला भएको जिल्ला अदालतका सूचना अधिकारी बिनोद आचार्यले जानकारी दिए ।
०७६ वैशाख ११ गते दिउँसो सार्वजनिक धारामा पानी भर्ने क्रममा प्लाष्टिकको जर्किन छोइएको भन्दै ३५ वर्षीया लक्षिमा सुनारलाई आरोपित न्यौपानले टाउकोमा हसिया प्रहार गरिएको चोटका कारण नेपालगञ्ज पुगेर उपचार गर्नुपरेको थियो ।
घटना लगतै भागेकी आरोपित न्यौपानेलाई ४ महिनापछि सुर्खेतमा आफन्तको घरमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले साउन २८ गते पक्राउ गरेको थियो । प्रहरीले २ साता हिरासतमा राखी अनुसन्धान सकेर भदौ ११ गते जिल्ला अदालतमा मुद्दा पेश गरेको थियो ।
प्रहरी अनुसन्धानपछि जिल्ला सरकारी वकील कार्यालय मार्फत अदालतमा पेश भएको जातीय भेदभाव तथा छुवाछूत मुद्दामा अदालतले आरोपित न्यौपानेलाई ३० हजार रुपैंयाँ धरौटीमा छोडेको थियो ।
आरोपित राजकुमारी न्यौपाने लुकी बसेको समयमा नारायण नगरपालिका–१० वडाध्यक्ष लोकबहादुर थापा र नेकपाका नगर कमिटी अध्यक्ष लोमन शर्माले पीडित पक्षलाई प्रहरीमै बयान सुधार गर्न दवाव दिएको विषयले राष्ट्रिय मिडिया चर्चा पाएको थियो ।
जिल्ला सरकारी वकील कार्यालयले सार्वजनिक धारामा विभेद भएको घटना मात्र अभियोजन गरिएको कारण मुद्दा होष्टाइल गराउन खोजिएको विषयमा अदालतले केही बोलेको छैन । छुवाछूतको व्यवहार मात्र नभई हतियार प्रहार समेत भएको घटनामा यो सजाय कम भएको अधिकारकर्मी पत्रकार विशाल सुनारको प्रतिक्रिया छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!