०६ आश्विन २०८३, मंगलबार
22-09-2026 , Tue
×

दैलेख अदालतले जातीय भेदभाव कसूरमा १० हजार जरिवाना

Logo
प्रकाशित बिहिबार, माघ १६, २०७६

(भावना हमाल)
दैलेख माघ १६ नारायण नगरपालिका १० भवानीकी २४ वर्षीया राजकुमारी न्यौपानेलाई जातीय भेदभाव कसूरमा दैलेख जिल्ला अदालतले १० हजार रुपैंयाँ जरिवाना र पीडितलाई २५ हजार क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको छ ।
जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको एकल इजलासबाट सोमवार सो फैसला भएको जिल्ला अदालतका सूचना अधिकारी बिनोद आचार्यले जानकारी दिए ।
०७६ वैशाख ११ गते दिउँसो सार्वजनिक धारामा पानी भर्ने क्रममा प्लाष्टिकको जर्किन छोइएको भन्दै ३५ वर्षीया लक्षिमा सुनारलाई आरोपित न्यौपानले टाउकोमा हसिया प्रहार गरिएको चोटका कारण नेपालगञ्ज पुगेर उपचार गर्नुपरेको थियो ।
घटना लगतै भागेकी आरोपित न्यौपानेलाई ४ महिनापछि सुर्खेतमा आफन्तको घरमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले साउन २८ गते पक्राउ गरेको थियो । प्रहरीले २ साता हिरासतमा राखी अनुसन्धान सकेर भदौ ११ गते जिल्ला अदालतमा मुद्दा पेश गरेको थियो ।
प्रहरी अनुसन्धानपछि जिल्ला सरकारी वकील कार्यालय मार्फत अदालतमा पेश भएको जातीय भेदभाव तथा छुवाछूत मुद्दामा अदालतले आरोपित न्यौपानेलाई ३० हजार रुपैंयाँ धरौटीमा छोडेको थियो ।
आरोपित राजकुमारी न्यौपाने लुकी बसेको समयमा नारायण नगरपालिका–१० वडाध्यक्ष लोकबहादुर थापा र नेकपाका नगर कमिटी अध्यक्ष लोमन शर्माले पीडित पक्षलाई प्रहरीमै बयान सुधार गर्न दवाव दिएको विषयले राष्ट्रिय मिडिया चर्चा पाएको थियो ।
जिल्ला सरकारी वकील कार्यालयले सार्वजनिक धारामा विभेद भएको घटना मात्र अभियोजन गरिएको कारण मुद्दा होष्टाइल गराउन खोजिएको विषयमा अदालतले केही बोलेको छैन । छुवाछूतको व्यवहार मात्र नभई हतियार प्रहार समेत भएको घटनामा यो सजाय कम भएको अधिकारकर्मी पत्रकार विशाल सुनारको प्रतिक्रिया छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । विभिन्न व्यक्ति तथा समुदायविरुद्ध सामाजिक सञ्जालमार्फत आपत्तिजनक, आधारहीन तथा भ्रामक सामग्री सम्प्रेषण गरी चरित्रहत्या र सामाजिक शान्ति भंग गर्न खोजेको आरोपमा सिरहाका एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा लहान नगरपालिका–२४ का मनोजकुमार महतो ‘मनोज मानव’ रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरीका अनुसार महतोविरुद्ध विभिन्न व्यक्ति, व्यवसायी, जनप्रतिनिधि, पत्रकार, नेता तथा […]

दाङ । घोराहीबाट लमही जाने सडकखण्ड अन्तर्गत बेल्दमारको पहिलो घुम्तीनेर रातिको समयमा पाटे बाघ देखिएको छ। ट्रकलाई ओभरटेक गर्ने क्रममा पाटे बाघले झम्टिनबाट मुस्किलले ज्यान जोगिएको प्रत्यक्षदर्शीले बताएका छन्। साँझपख उक्त सडकखण्डमा यात्रा गर्दा विशेष सावधानी अपनाउन दाङ प्रहरीले सबैमा अनुरोध गरेको छ।

दाङ । घोराही विश्व शान्ति दिवस–२०२६ को अवसरमा ब्रह्माकुमारीज मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्र, दाङमा प्राकृतिक विपद्का कारण दिवंगत भएका आत्माहरूको शान्तिको कामनासहित दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। ‘सबैका लागि, जहाँसुकै, हरेक दिन शान्तिमा लगानी गरौँ’ भन्ने यस वर्षको शान्तिको सन्देशसहित सोमबार २०८३ असोज ५ गते (२१ सेप्टेम्बर २०२६) कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा नेपाल […]