०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
×

लुम्बिनी सरकारले मनायो सिँचाइ दिवस, मुख्यमन्त्री आचार्यले जाेडदिए : जलवायु समस्या हलगर्न

Logo
बिदुर एमसी प्रकाशित बुधबार, चैत्र २५, २०८२

दाङ । देउखुरी सिँचाइ दिवस २०८२ लुम्बिनी प्रदेश सभा परिसरमा प्रभातफेरी तथा मूल समारोहका साथ मनाइएको छ । लुम्बिनी प्रदेश सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आयोजनामा बुधबार बिहान सम्पन्न कार्यक्रममा प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सम्बोधन गरेका छन् । सिँचाइ व्यवस्थापन र कृषि उत्पादन बीचको सम्बन्धलाई विशेष प्रभावकारी बनाउन सरकारले ध्यान दिने बताएका छन् ।

जलवायु परिवर्तनका कारण नदी तथा खोलाहरु सुक्दै गएको तथ्य औंल्याउँदै मुख्यमन्त्री आचार्यले जमिन सुख्खा हुनु अत्यन्त गम्भीर चुनौतीका रूपमा देखिएकोमा दु:ख व्यक्त गरे । उत्पादनशील जमिन खण्डहर बन्न नदिन समयमै बहस, छलफल र ठोस योजना आवश्यक रहेको आचार्यको भनाइ थियो ।

‘नदि, खोलानाला र पानीका श्रोतहरु सुक्दै जानाले समस्या बढ्न सक्छ । अनूकुलनका योजनाहरुलाइ प्राथमिकतामा राख्न अति आवश्यक छ । जलाशयहरु निर्माण गरेर पानीको स्रोत संरक्षण गर्नुपर्ने दायित्व पनि छ’ कार्यक्रमका प्रमुख अतिथि समेत रहेका आचार्यले जोड दिए । ,‘भूमिगत जलस्रोत पनि घट्दै गएको छ । खोला र नदिहरु पनि सुख्खा हुँदै गए ।

हामी संवेदनशील भएनौं भने उत्पादनशिल जमिनहरु खण्डहर हुने अवस्था रहन्छ भन्दै लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्रीले वैकल्पिक रुपमा ड्याम र जलाशय बनाएर अघि बढ्नुपर्ने तथ्य औंल्याए ।’
सिँचाइ सुविधा पुगेका क्षेत्रमै पनि जमिन बाँझो रहने अवस्था अन्त्य गर्नुपर्ने उल्लेख गर्दै लुम्बिनी प्रदेश सरकार किसानलाई उत्पादनमा जोड्न प्रतिबद्ध रहेको स्पष्ट पारे ।

राज्यले लगानी गरेका सिँचाइ आयोजनाबाट अपेक्षित प्रतिफल आउन नसक्नु विडम्बनापूर्ण भएकोमा गम्भीर बन्न आग्रह गर्दै त्यस्ता क्षेत्रमा खेती विस्तार गर्नुपर्नेमा जोड दिए ।
प्रदेश स्थापना हुँदाको अवस्थामा बाह्रै महिना सिँचाइ सुविधा पुगेको जमिन २० प्रतिशत मात्रै रहेको सम्झना गर्दै अहिले त्यो ३५ प्रतिशत पुगेको जानकारी गराए । यस उपलब्धिबाट उत्साहित भएर नै वैज्ञानिक र दिगो प्रकारको सिँचाइ विकासलाई अगाडि बढाउनुपर्ने मुख्यमन्त्री आचार्यको भनाइ थियो ।

सोही अवसरमा मुख्यमन्त्री आचार्यले जलस्रोत संरक्षणका लागि जलाशय, ड्याम निर्माण तथा चुरे क्षेत्रमा पानी संरक्षणका उपायहरू सुचारु गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । भूमिगत पानीको सतह घट्दै जानाले र खोलानाला सुक्दै जानाले भविष्यमा पानीको ठूलो संकट निम्त्याउन सक्ने चेतावनी दिए ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सीता शर्मा चौधरीले प्रदेश सरकारले बाह्रै महिना सिंचित हुने क्षेत्रको विस्तारलाई बढाइरहेको दाबी गरिन् । प्रदेशका पूर्व मुख्यमन्त्री जोखबहादुर महराले सिँचाइ क्षेत्रलाई कृषि विकासको आधारका रूपमा प्राथमिकतामा राख्नुपर्नेमा जाेड दिएका छन् ।

पूर्व सिँचाइ मन्त्री वीरबहादुर रानाले उत्पादनमा आत्मनिर्भर बन्ने आधार तयार भइसकेको उल्लेख गर्दै किसानको मन जित्नेगरी काम गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । प्रदेश योजना आयोगका सदस्य शान्तादेवी ढकालले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर सिंचाई पूर्वाधारको सुदृढिकरणमा लाग्नुपर्ने धारणा राखिन् ।

प्रगन्ना कुलो सिँचाइ प्रणाली जल उपभोक्ता संस्था मूल समन्वय समितिका सचिव भिमलाल चौधरीले कृषि क्षेत्रको उन्नतिशील कामका लागि सरकारले सिंचाई क्षेत्र विकास विस्तारका योजनामा ध्यान दिनुपर्ने उल्लेख गरे ।
मन्त्रालयका सचिव चूर्णबहादुर ओलीले हालसम्म भएका प्रगतिको विवरण प्रस्तुत गरेका थिए । बबई सिँचाइ आयोजना र नौमुरे बहुउद्देश्यीय आयोजनासँग सम्बन्धित प्रतिनिधिहरुले आयोजनाको अवस्था र चुनौतीबारे धारणा राखेका थिए ।

कार्यक्रममा प्रगन्ना कुलो सिँचाइ प्रणाली जल उपभोक्ता संस्था मूल समन्वय समिति, देउखुरीलाई उत्कृष्ट जल उपभोक्ता समितिका रूपमा सम्मान गरिएको छ । त्यस्तै जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बर्दियाका प्राविधिक अधिकृत हरिप्रसाद अवस्थी र गुल्मीका कार्यालय सहयोगी पोमनारायण सुवेदीलाई उत्कृष्ट कर्मचारीका रूपमा पुरस्कृत गरिएको छ ।

सोही अवसरमा विभिन्न सरोकारवाला, योजना आयोगका सदस्य, प्राविधिक तथा किसान प्रतिनिधिहरुको सहभागिता रहेको थियो । महाशाखा प्रमुख केशवराज रिजालको स्वागत मन्तब्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण मन्त्रालयका वरिष्ठ इञ्जिनियर चन्द्र रानाले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  *के हुँदैछ:* स्थानीय सडक कार्यालय र नेपालगन्ज उपमहानगरपालिकाले खजुरा रोडको क्षतिग्रस्त भाग हटाएर नयाँ ढलान र नाली व्यवस्थापन गर्ने योजना अघि बढाएका छन्। वर्षायाममा खाल्डाखुल्डी र जलजमावले सवारी आवागमनमा समस्या भएपछि यो काम सुरु गरिएको हो। *प्रभाव:* – काम चलिरहेको समयमा खजुरा–नेपालगन्ज आवतजावतमा केही अवरोध र डाइभर्सन हुनेछ। – साना सवारीका लागि वैकल्पिक बाटो […]

दाङ । घोराही बनाउँ अभियानले सार्वजनिक गरेको घुम्न जाउँ घोराही पोस्टर भाइरल भएको छ। सयौं व्यक्तिहरूले पोस्टर आफ्नो फेसबुक वालमा सेयर गर्नुका साथै सकारात्मक कमेन्ट समेत गरेका छन्। यो पोस्टर एआईको माध्यमबाट घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले बनाउनुभएको हो । यो पोस्टर विभिन्न सञ्चार माध्यमहरुले समेत समाचार बनाएर यतिबेला छापिरहेको छन्। पोस्टरमा धेरैका मुख्यमुख्य […]

दाङ । देउखुरी सिँचाइ दिवस २०८२ लुम्बिनी प्रदेश सभा परिसरमा प्रभातफेरी तथा मूल समारोहका साथ मनाइएको छ । लुम्बिनी प्रदेश सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आयोजनामा बुधबार बिहान सम्पन्न कार्यक्रममा प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सम्बोधन गरेका छन् । सिँचाइ व्यवस्थापन र कृषि उत्पादन बीचको सम्बन्धलाई विशेष प्रभावकारी बनाउन सरकारले ध्यान दिने बताएका छन् । […]

error: Content is protected !!