१५ कार्तिक २०८३, शनिबार
31-10-2026 , Sat
×

बिरगंजमा एक कामदारमाथि निर्घात कुटपिट गर्ने सञ्चालक पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, चैत्र २९, २०८२

पर्सा । कामदारमाथि कुटपिट गरेको आरोपमा वीरगञ्ज महानगरपालिका–१७ निवासी ३० वर्षीय सकिन लाल देवान लाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेत ले जानकारी दिएका छन्।

परवानीपुर प्रहरी चौकी नजिक रहेको “साबिर फ्रेस हाउस एण्ड सप्लायर्स” का सञ्चालक देवानले आफ्नै पसलमा कार्यरत २० वर्षीय कामदार नुर आलम देवान लाई लठ्ठीले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

भाइरल भिडियोमा सञ्चालकले कामदारमाथि कुखुरा चोरी गरी बिक्री गरेको आरोप लगाउँदै निर्घात कुटपिट गरेको देखिन्छ। घटना सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ।

मानव अधिकारविरुद्धको कार्य भएको भन्दै सरोकारवालाहरूले दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके प्रहरीले अवैध रूपमा माटो ढुवानी गर्दै गरेका सवारी साधनहरूलाई नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार अनुमति बिना माटो उत्खनन् तथा ढुवानी गर्ने टिप्परहरूलाई चेकजाँचका क्रममा नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएका सवारी साधनहरूलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको प्रहरीले जनाएको छ।

*दाङ उद्योग वाणिज्य संघद्वारा चाडपर्व लक्षित छलफल* दाङ । जिल्ला उद्योग वाणिज्य संघले चाडपर्वलाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित बनाउनुका साथै घोराही बजारको समग्र व्यवस्थापनका विषयमा सरोकारवालाहरूसँग छलफल गरेको छ। २०८३ कात्तिक १३ गते भएको छलफलमा बजार व्यवस्थापन, सुरक्षा व्यवस्था र चाडपर्वका बेला हुन सक्ने भीडभाड नियन्त्रणका विषयमा छलफल भएको थियो।

  नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत केराबारीमा सडक दुर्घटना भएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ। यस सडक खण्डमा पछिल्ला दिनहरूमा लगातार दुर्घटना बढिरहेका छन्। यात्रुहरूलाई सतर्क भएर यात्रा गर्न र ट्राफिक नियम पालना गर्न अनुरोध गरिएको छ।