०१ बैशाख २०८३, मंगलबार
14-04-2026 , Tue
×

बिरगंजमा एक कामदारमाथि निर्घात कुटपिट गर्ने सञ्चालक पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, चैत्र २९, २०८२

पर्सा । कामदारमाथि कुटपिट गरेको आरोपमा वीरगञ्ज महानगरपालिका–१७ निवासी ३० वर्षीय सकिन लाल देवान लाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेत ले जानकारी दिएका छन्।

परवानीपुर प्रहरी चौकी नजिक रहेको “साबिर फ्रेस हाउस एण्ड सप्लायर्स” का सञ्चालक देवानले आफ्नै पसलमा कार्यरत २० वर्षीय कामदार नुर आलम देवान लाई लठ्ठीले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

भाइरल भिडियोमा सञ्चालकले कामदारमाथि कुखुरा चोरी गरी बिक्री गरेको आरोप लगाउँदै निर्घात कुटपिट गरेको देखिन्छ। घटना सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ।

मानव अधिकारविरुद्धको कार्य भएको भन्दै सरोकारवालाहरूले दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले मुलुकको समृद्धिका लागि सञ्चारको बलियो सहभागिता हुनुपर्ने बताउनुभएको छ। थुर्पा अनलाइनले मङ्गलबार घोराहीमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका प्रियासनले संचार क्षेत्र सृजनशीलताको अगुवाई गर्ने बलियो माध्यम भएका कारण सञ्चारको सहभागिता बिना मुलुकको समृद्धि असम्भव र दीर्घकालीन हुन […]

एजेन्सी । पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा अज्ञात बन्दुकधारीको समूहले पोलियो अभियानमा खटिएका प्रहरीको गाडीमा आक्रमण गर्दा कम्तीमा एक जना प्रहरीको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएको आधिकारिक स्रोतहरूले बताएका छन् । आक्रमणको घटना हंगु जिल्लामा भएको थियो, जहाँ प्रहरी टोली पोलियो विरोधी अभियानको लागि सुरक्षा प्रभाव गर्ने कर्तव्य पालन गर्न जाँदै थियो, […]

दाङको तुलसीपुरमा एक होटेलबाट तरवारसहित ८ जना पक्राउ, दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं.६ स्थित दारी चिया घरबाट तरवार र खुकुरीसहित ८ जनालाई पक्राउ गरिएको हो ।

error: Content is protected !!