*दाङ उद्योग वाणिज्य संघद्वारा चाडपर्व लक्षित छलफल*
दाङ । जिल्ला उद्योग वाणिज्य संघले चाडपर्वलाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित बनाउनुका साथै घोराही बजारको समग्र व्यवस्थापनका विषयमा सरोकारवालाहरूसँग छलफल गरेको छ।
२०८३ कात्तिक १३ गते भएको छलफलमा बजार व्यवस्थापन, सुरक्षा व्यवस्था र चाडपर्वका बेला हुन सक्ने भीडभाड नियन्त्रणका विषयमा छलफल भएको थियो।