०५ बैशाख २०८३, शनिबार
18-04-2026 , Sat
×

अभिभावकको बलियो सहभागिताले नै विद्यालय सुधार हुन्छ ः प्रियासन

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, बैशाख ०४, २०८३

दाङ । घोराही १८ स्थित श्री आधारभूत विद्यालय गिठेपानीको शैक्षिक गुणस्तर सुधार देखि विद्यालयको अवस्था सुधार गर्न विद्यालयले टोलटोलमा समिति गठन गर्ने भएको छ । विद्यालयले अभिभावकहरुका लागि शुक्रबार आयोजना गरेको अभिभावक अभिमूखिकरण कार्यक्रममा विद्यालयले आफ्नो कार्यक्षेत्र रहेको टोलहरुमा विद्यालय सुधारका लागि टोल समिति बिस्तार गर्ने योजना बनाएको छ । यस्तो समितिले विद्यालयलाई नियमितरुपमा खबरदारी गिर्ने, सल्लाह सुझाब दिने, विद्यालयको अवस्था सुधारका लागि आफ्नो तर्फबाट सहयोग गर्नेछ भने विद्यार्थी, शिक्षक एवं व्यवस्थापन समितिलाई समेत आफ्नो कर्तव्य इमान्दार बन्न खबरदारी गरिरहनेछ । विद्यालयका उत्कृष्ट विद्यार्थी सिर्जना बुढाको अध्यक्षत्तामा सम्पन्न कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनले विद्यालय सुधारका लागि अभिभावकको बलियो सहभागिता आवश्यक रहेको बताउनुभयो । सामुदायिक विद्यालयको विकास गर्न झनै सजिलो भएको बताउँदै प्रियासनले यसको लागि अभिभावकको जागरुकता, व्यवस्थापन समिति र शिक्षकहरुको समर्पण आवश्यक रहेको बताउनुभयो । नेपालमै पछिल्ला दिनहरुमा नमूना विद्यालय स्थापना भैसकेको र ती नमूना सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गर्न परीक्षा दिनु परिरहेको उदाहरण दिँदै प्रियासनले गिठेपानी विद्यालयलाई पनि त्यस्तै बनाउन सकिने बताउनुभयो ।
सो अबसरमा विषयगत कार्यपत्र पेस गर्दै प्रियासनले घोराही बनाउ अभियानको उद्देश्य नै शिक्षाको चौतर्फी विकास भएको बताउँदै शिक्षाको बलियो सहभागिता बिना घोराहीको विकास सम्भव नभएको बताउनुभयो । आफुहरु ६ कक्षा पढ्ने विद्यार्थीले घर जाँदा सिप र पैसा लगेर जानुपर्छ भन्ने शिक्षाको वकालत गरिरहेको बताउँदै प्रियासनले नेपाललाई समृद्ध बनाउने हो भने शिक्षा क्षेत्रको आमूल विकास जरुरी रहेको बताउनुभयो । यसको लागि तीनै तहको सरकारले प्रभावकारी नीति, कार्यक्रम र बजेट शिक्षाको लागि बनाउनुपर्ने प्रियासनको भनाइँ थियो । सो अबसरमा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश वलीले अधारिभूत विद्यालय गिठेपानीलाई शैक्षिक हबकारुपमा विकास गर्न आफुहरु दिनरात लागि परेको बताउँदै सबैको साथ सहयोग रहेमा अबको केही वर्षमा नै विद्यालयको मुहार पूर्णरुपले फेरिने विश्वास व्यक्त गर्नुभयो । उहाँले पहिलेको तुलनामा विद्यालयलाई सुधार गर्न आफुहरु सफल भएपनि अझै भने जस्तो गर्न सकेको बताउनुभयो । विद्यालयका प्रधानाध्यापक गिरिप्रसाद भट्टराईले विद्यालयलाई सुधार गर्न आफुहरु दिनरात नभनि लाग्ने बताउँदै यसको लागि अभिभावक, राज्य र सिंगो नागरिक समाजले आफुहरुलाई साथ सहयोग गर्नुपर्ने बताउनुभयो । विद्यालयका शिक्षक माधवी डिसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विद्यालयका सल्लाहकारहरु अर्जुन पन्थी, सुरेश पाण्डेय, बालविकास माबिका सहायक प्रधानाध्यापक झग्गु प्रसाद पौडेललगायतकाले बोल्नु भएको थियो । सो अबसरमा विद्यालयबाट आठकक्ष पास भएर जान लागेको विद्यार्थीलाई विशेष सम्मान गरिएको थियो । यसैगरी आठ कक्षामा उत्कृष्ट तीन जनालाई नगदसहित पुरस्कार दिइएको थियो । कार्यक्रमको सहजीकरण शिक्षक हिरा केसीले गर्नुभएको थियो । हाल श्री अधारभूत विद्यालय गिठेपानी आठ कक्षासम्म पढाई भैरहेको छ । कक्षा थपका लागि भौतिक पूर्वाधारलगायतको कमि रहेकाले यसमा पनि विद्यालय काम गरिरहेको छ । जंगलको नजिकै, बजारदेखि पनि नजिक रहेको उक्त विद्यालय साँच्चै नै बनाउन सक्ने हो भने यस क्षेत्रका बालबालिकाहरुले सबै क्षेत्रमा अव्वलता कायम गर्न सक्नेछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकार सिङ्दरबार काठमाडौँ आदरणीय प्रधानमन्त्रीज्यूम मुम्बईको एउटा अँध्यारो कोठीबाट यो पत्र लेख्दैछु हरेक दिन मेरो आत्मा टुक्रिन्छ र हरेक रात मेरा सपना हरु चिहान मा परिणत हुन्छन मेरो नाम के हो त्यो अब अर्थहिन भैसक्यो म त केबल 22 बर्सकि एउटी नेपाली चेली हु जसको जीवन को रङ यहाँ का गल्लीका धुलो […]

काठमाडौं । अहिले संघीय सरकारका गृहमन्त्री सुधन गुरुङ ‘गस्ती’ को शैलीमा काठमाडौंबाहिरका विभिन्न सुरक्षा युनिट र ड्युटीस्थल अनुगमन गरिरहेका छन् । उनको शैलीले विभिन्न जिल्लाका सुरक्षा कमाण्डरलाई अनावश्यक हैरानी भएको छ । प्रहरीहरु जब दैनिक कार्यअवधि सिध्याएर निजी जीवनचर्यामा हुन्छन्, त्यस्तो समयमा गृहमन्त्री आफ्नो कार्यक्षेत्रमा प्रवेश गरिदिन्छन् । गृहमन्त्री आइसकेपछि उनलाई स्वागत गर्नुपर्ने, उनले चाहेका […]

वीरगन्जस्थित उच्च अदालत जनकपुर अस्थायी इजलासले प्रभु कन्सट्रक्सन प्रा.लि.का तर्फबाट दायर निषेधाज्ञा मुद्दामा अल्पकालीन अन्तरिम आदेश जारी गर्दै कर संकलन कार्यमा अवरोध नगर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको छ। उच्च अदालतका न्यायाधीश पूर्णेश्वरप्रसाद उपाध्यायको एकल इजलासले वीरगन्ज महानगरपालिकाको कार्यालयसँग २०८२ साउन ३० गते भएको सम्झौता बमोजिम निवेदक प्रभु कन्सट्रक्सन प्रा.लि.ले गर्दै आएको कर संकलन कार्यमा कुनै […]

error: Content is protected !!