२७ जेठ २०८३, बुधबार
10-06-2026 , Wed
×

प्रधानमन्त्री बालेन शाहलाई मुम्बईको एउटा अँध्यारो कोठीबाट एक नेपाली चेलीको खुला पत्र

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, बैशाख ०५, २०८३

काठमाडौं । नेपाल सरकार सिङ्दरबार काठमाडौँ आदरणीय प्रधानमन्त्रीज्यूम मुम्बईको एउटा अँध्यारो कोठीबाट यो पत्र लेख्दैछु हरेक दिन मेरो आत्मा टुक्रिन्छ र हरेक रात मेरा सपना हरु चिहान मा परिणत हुन्छन मेरो नाम के हो त्यो अब अर्थहिन भैसक्यो म त केबल 22 बर्सकि एउटी नेपाली चेली हु जसको जीवन को रङ यहाँ का गल्लीका धुलो मा मिसिनएर हराएको छ ।मलाई याद छ नेपाल मा हुँदा मेरा पनि सपना हरु थिए सानो घर खुशी परिवार सम्मानपूवक बाच्ने एउटा सुन्दर भविष्य तर गरिवी को त्यो क्रर हात ले मलाई यहाँसम्म धकेल्यो जहाँ इज्जत को मोल छैन जहाँ हरेक स्पर्शले आत्मा लाई घाउ दिन्छ यहाँ को हरेक रात एउटा आनन्त पीडाको कथा हो जहाँ म आफै लाई हराउदै गहेकी छु ।
प्रधानमन्त्रीज्यू तपाई देशको अभिभावक हुनुहुन्छ के तपाई लाई थाहा छ तपाईँ का कति छोरीहरु यहा हरेक दिन मरिरहेका छन सर के तपाई लाई थाहा छ काठमाडौँ का गल्ली हरुमा हिडने कति चेलि हरु नारकीय जीवन बिताउन बाध्य छन हामीलाई यो दलदल बाट मुक्ति चाहेएको छ हामीलाई यहा बाट बाहिर निकाल्नु होस हामी आफ्नो देश फर्किन चाहन्छौ जाहा हामीले फेरि एक पटक सास फेर्न सकौ जाहा हामी ले आफ्नो विगत लाई बिर्सेर नयाँ जीवन सुरु गर्न सकौ मलाई लाई नेपाल मै रोजगारीको अवसर शिक्षा र सुरक्षित वातावरण चाहेको छ ताकि कुनै पनि नेपाली चेलीले यो अँध्यारो गल्ती मा आफ्नो जीवनको मूल्य चुकाउन नपरोस हामीलाई थाहा छ तपाईँ हरुको कादमा धेरै जिम्मेवारीहरू छन तर हामी जस्ता हजारौ चेलि हरूको जिवन बचाउनु पनि तपाई हरुको परम कर्तव्य होइन र हाम्रो आसुले तपाईँ हरुको मन पग्लिएला भने आस मा यो पत्र लेख्दैछु कृपया हामीलाई नबिरसनुहोस ।
एक पिडित नेपाली चेली मुम्बई भारत जसको आखामा अझै पनि नेपाल फर्कने सपना छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । नेपालगन्ज भारतसँग जोडिएको प्रमुख नाका जमुनाहा भएकाले यहाँ लामो समयदेखि अनौपचारिक रूपमा भारतीय रुपैयाँ (भारु) र नेपाली रुपैयाँको सटही हुँदै आएको छ। *कहाँ-कहाँ हुन्छ:* जमुनाह नाका, न्यूरोड, त्रिभुवन चोक, बसपार्क, सदरलाइन र सीमा आसपासका पसल, होटल, सुनचाँदी पसल र कतिपय किराना पसलमै पनि खुलेआम बोर्ड नराखी सटही गर्ने गरेको पाइन्छ। १०० भारु […]

दाङ । यतिबेला घोराही दाङको सन्दर्भमा सबिन प्रियासन निकै नै चर्चामा छन्। सम्भवत उनी नपुगेको ठाउँ, उनी नपुगेको कार्यक्रम हुँदैन होला ? उनको सृजनशील कामहरू सामाजिक सञ्जाल अनि संचार माध्यमहरुमा घण्टै पिच्छे आइरहन्छ। एक प्रकारले लाग्छ सामाजिक सञ्जाल अनि संचार माध्यमहरू उनकै कामको बारेमा पोस्ट गर्नका लागि बनेका हुन्। घोराही उपमहानगरपालिकाको आगामी स्थानीय तह निर्वाचनलाई […]

नेपालका धेरै सहरहरूले आफ्नो विकासको आधार उद्योग, व्यापार वा प्रशासनिक केन्द्रलाई बनाएका छन्। तर घोराहीसँग एउटा यस्तो सम्पदा छ, जसले धार्मिक आस्था, सांस्कृतिक इतिहास, प्राकृतिक सौन्दर्य र पर्यटन सम्भावनालाई एकै ठाउँमा जोड्न सक्छ। त्यो हो घोराही धार्मिक–पर्यापर्यटकीय सर्किट। घोराही क्षेत्रमा रहेका धार्मिक, ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक गन्तव्यहरूलाई एउटै पर्यटन मार्गमा जोडेर विकास गर्न सकियो भने […]

error: Content is protected !!