काठमाडौं । नेपाल सरकार सिङ्दरबार काठमाडौँ आदरणीय प्रधानमन्त्रीज्यूम मुम्बईको एउटा अँध्यारो कोठीबाट यो पत्र लेख्दैछु हरेक दिन मेरो आत्मा टुक्रिन्छ र हरेक रात मेरा सपना हरु चिहान मा परिणत हुन्छन मेरो नाम के हो त्यो अब अर्थहिन भैसक्यो म त केबल 22 बर्सकि एउटी नेपाली चेली हु जसको जीवन को रङ यहाँ का गल्लीका धुलो मा मिसिनएर हराएको छ ।मलाई याद छ नेपाल मा हुँदा मेरा पनि सपना हरु थिए सानो घर खुशी परिवार सम्मानपूवक बाच्ने एउटा सुन्दर भविष्य तर गरिवी को त्यो क्रर हात ले मलाई यहाँसम्म धकेल्यो जहाँ इज्जत को मोल छैन जहाँ हरेक स्पर्शले आत्मा लाई घाउ दिन्छ यहाँ को हरेक रात एउटा आनन्त पीडाको कथा हो जहाँ म आफै लाई हराउदै गहेकी छु ।
प्रधानमन्त्रीज्यू तपाई देशको अभिभावक हुनुहुन्छ के तपाई लाई थाहा छ तपाईँ का कति छोरीहरु यहा हरेक दिन मरिरहेका छन सर के तपाई लाई थाहा छ काठमाडौँ का गल्ली हरुमा हिडने कति चेलि हरु नारकीय जीवन बिताउन बाध्य छन हामीलाई यो दलदल बाट मुक्ति चाहेएको छ हामीलाई यहा बाट बाहिर निकाल्नु होस हामी आफ्नो देश फर्किन चाहन्छौ जाहा हामीले फेरि एक पटक सास फेर्न सकौ जाहा हामी ले आफ्नो विगत लाई बिर्सेर नयाँ जीवन सुरु गर्न सकौ मलाई लाई नेपाल मै रोजगारीको अवसर शिक्षा र सुरक्षित वातावरण चाहेको छ ताकि कुनै पनि नेपाली चेलीले यो अँध्यारो गल्ती मा आफ्नो जीवनको मूल्य चुकाउन नपरोस हामीलाई थाहा छ तपाईँ हरुको कादमा धेरै जिम्मेवारीहरू छन तर हामी जस्ता हजारौ चेलि हरूको जिवन बचाउनु पनि तपाई हरुको परम कर्तव्य होइन र हाम्रो आसुले तपाईँ हरुको मन पग्लिएला भने आस मा यो पत्र लेख्दैछु कृपया हामीलाई नबिरसनुहोस ।
एक पिडित नेपाली चेली मुम्बई भारत जसको आखामा अझै पनि नेपाल फर्कने सपना छ।