०९ बैशाख २०८३, बुधबार
22-04-2026 , Wed
×

सांसद रामाकान्त चौरसिया भ्रष्टाचार मुद्दाका प्रतिवादी सुरेन्द्र चौरसियासँग देखिँदा विवाद,

Logo
राहुल गुप्ता प्रकाशित बुधबार, बैशाख ०९, २०८३

बिरगंज । पर्सा–३ का सांसद रामाकान्त चौरसिया हालै भ्रष्टाचार मुद्दाका प्रतिवादी डा. सुरेन्द्र प्रसाद चौरसिया सँग सार्वजनिक कार्यक्रममा देखिएपछि विवादमा तानिएका छन्। वैशाख ५ गते काठमाडौंमा चौरसिया समाजले आयोजना गरेको कार्यक्रममा उनीहरू सँगै देखिएका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टी ले ‘शून्य भ्रष्टाचार’ को नारा अघि सारेको अवस्थामा आफ्ना सांसद भ्रष्टाचार आरोपित व्यक्तिसँग देखिनु समाजमा मिश्रित प्रतिक्रिया उत्पन्न भएको छ। यस घटनाले पार्टीको नीतिगत प्रतिबद्धतामाथि समेत प्रश्न उठाएको छ।

यसैबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले म्यामोग्राफी मेसिन खरिद प्रक्रियामा अनियमितता र मिलेमतोमार्फत भ्रष्टाचार गरेको आरोपमा तत्कालीन महानिर्देशक डा. संगीता कौशल मिश्रा, वरिष्ठ स्वास्थ्य प्रशासक डा. चौरसियासहित १४ जनाविरुद्ध विशेष अदालत मा मुद्दा दायर गरिसकेको छ।

अख्तियारका अनुसार स्वास्थ्य सेवा विभाग अन्तर्गत ‘प्रोक्युरमेन्ट अफ म्यामोग्राफी मेसिन’ खरिद प्रक्रियामा म्याक्सिम इन्कर्पोरेशन ट्रेडर्स प्रा.लि. सँग मिलेमतो गरी लागत अनुमानदेखि भुक्तानीसम्मका चरणमा भ्रष्टाचार भएको देखिएको छ। विभागको ठेक्का नं. RFB No. DOHS/G/NCB-18/IDA/2080-81 अन्तर्गत १२ करोड ७५ लाख रुपैयाँ मूल्यको लागत अनुमान तयार गर्दा नै ठेकेदार कम्पनीहरूसँग मिलेमतो भएको खुलेको थियो। यसमा स्पकसमेत लक गरिएको थियो।

सांसद र प्रतिवादीबीचको सार्वजनिक उपस्थितिले राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ भने सरोकारवालाहरूले यस विषयमा स्पष्टिकरणको माग गर्न थालेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । समाचारको प्रभाव बाँके प्रहरी प्रमुखमा एसपी अंगुर जिसीले नेपालगन्जको केही होटलहरुमा बेश्यबृत्ति भइरहेको एबिसी संचारको भन्डाफोर टिमले भिडियो सार्वजनिक गरेपछि बाँके प्रहरीले नेपालगन्जका होटलमा ठूलो अपरेशन चलाएको छ। बाँके प्रहरीले धमाधम आदा दर्जन होटलमा छापा मारेर दर्जनौं पक्राउ गरेको छ ।

काठमाडौं । बुधबार सुधन गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएका छन्। उनले भरखरै प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएको प्रधानमन्त्री शाहकी अनुसन्धान तथा प्रेस विज्ञ दिपा दाहालले बताइन्। ‘गृहमन्त्रीज्यूले भर्खरै प्रधानमन्त्रीज्यूसमक्ष राजीनामा दिएर जानु भएको छ,’ दाहालले भनिन्। गुरुङले राजीनामा दिएसँगै प्रधानमन्त्री शाहले गृह मन्त्रालय आफूसँगै राख्ने भएका छन्। ‘तत्काललाई गृह मन्त्रालय प्रधानमन्त्रीज्यू मातहत हुनेछ,’ दाहालले नेपालखबरसँग भनिन्। सम्पत्ति शुद्धीकरण […]

काठमाडौं । म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु। पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु। मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन। आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको […]

error: Content is protected !!