१४ कार्तिक २०८३, शुक्रबार
30-10-2026 , Fri
×

गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिए,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, बैशाख ०९, २०८३

काठमाडौं । म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु। पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु।

मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन। आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको Gen Z आन्दोलनले पनि यही सन्देश दिएको छ सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ।मेरा ४६ जना भाइ बहिनिहरुको रगत र बलिदानी को आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो।

त्यसैले, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा conflict of interest नदेखियोस र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।

मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु। अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ।कति मिडियाकर्मी साथी हरु को कहा कहा स्वीट शेयर छ बिस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । बैठकमा सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल र भारतीय सशस्त्र सीमा बल (SSB) का महानिर्देशक संजय सिंघल, IPS नेतृत्वको टोलीसहित दुवै देशका सुरक्षा निकाय, मन्त्रालय र विभागका उच्च अधिकारीहरु सहभागी थिए। *बैठकका मुख्य सहमति र निर्णयहरु:* – अघिल्लो बैठकका निर्णयहरुको प्रगति समीक्षा – सीमा सुरक्षा, सीमापार अपराध र तेस्रो मुलुकका नागरिकको अवैध […]

काठमाडौं । प्रहरी प्रधान कार्यालयका अनुसार IGP कार्कीमाथि दबाब बढेको भन्ने समाचार तथा सामाजिक सञ्जालका टिप्पणीप्रति गम्भीर आपत्ति छ। – यस्ता आधारहीन र भ्रामक सूचनाले संगठनको छवि र नागरिकको विश्वासमा असर पार्छ। – सबै सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई तथ्यपरक र आधिकारिक सूचना मात्र सम्प्रेषण गर्न आग्रह गरिएको छ। – नियोजित रूपमा संगठनलाई बदनाम गर्ने […]

  कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुमा महिला प्रहरी कर्मचारीहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यालय प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा यस कार्यालय तथा मातहतमा कार्यरत सम्पूर्ण महिला प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा कार्यस्थलमा आइपर्ने समस्या, चुनौती, महिला प्रहरीको भूमिका र थप सशक्तिकरणका विषयमा छलफल गरिएको थियो।