१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

अत्याधुनिक प्रविधिबाट धानखोला लमही सडक स्तरोन्नति शुरु : मुख्यमन्त्री आचार्यले गरे शिलान्यास

Logo
बिदुर एमसी (भन्डाफोर) प्रकाशित बुधबार, बैशाख १६, २०८३

दाङ । देउखुरी क्षेत्रमा करिब ४० किलोमिटर लामो धानखोला-लमही सडक खण्डको स्तरोन्नति कार्य विधिवत रूपमा बुधबारदेखि शुरु गरिएको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने सो सडकखण्ड लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार बिहान शिलान्यास गर्दै सडक स्तरोन्नतिको काम शुरुआत गरेका हुन् ।

सोही सडकखण्ड स्तरोन्नति तथा मर्मत कार्यमा नेपालमै पहिलो पटक फूल डेप्थ रिक्लेमेशन (एफडीआर) र सुपरपेभ आस्फाल्ट जस्ता अत्याधुनिक प्रविधि प्रयोग गरिने बताइएको छ । जुन प्रविधिले पुराना सामग्री पुनःप्रयोग गर्दै सडकलाई मजबुत, वातावरणमैत्री र टिक्ने खालको बनाउने लक्ष्य राखेका छन् । यसबाट दीर्घकालीन रूपमा लागत घट्ने र सडक मर्मतको गुणस्तर बढ्ने अपेक्षा गरिएको छ ।

आयोजना अन्तर्गत सडकको दुवैतर्फ सात मिटर चौडा क्यारिजवे र साढे दुई-दुई मिटर सोल्डर निर्माण गरी कुल १२ मिटर चौडाइ कायम गरिने योजना छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले अत्याधुनिक प्रविधिको प्रयोग सराहनीय भएको उल्लेख गरे । यस सडक स्तरोन्नतिले यात्रालाई सुरक्षित र भरपर्दो बनाउने छ । साथै आचार्यले स्थानीय व्यवसाय, कृषि र उद्यममा सकारात्मक प्रभाव पार्ने चर्चा पनि गरे । स्थानीय उपभोक्ताका आकाङ्क्षा अनुसार सडक सुधार र स्तरोन्नतिको काम अघि बढाउनुपर्ने आचार्यले निर्देशन दिएका छन् ।

नेपालका लागि संयुक्त राज्य अमेरिका ( युएसए ) का कार्यवाहक राजदूत स्कट अर्बमले नेपाल–अमेरिका एकापसमा विकास साझेदारीको महत्वपूर्ण उदाहरणका रूपमा यस आयोजनालाई लिइएको बताए । ढुवानी लागत घटाउने, सडक सुरक्षा अभिवृद्धि गर्ने र स्थानीय समुदायलाई बजारसँग जोड्ने लक्ष्यमा यो परियोजना केन्द्रित रहेको मुख्यमन्त्री आचार्यले खुलस्तशीत बताएका ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह–सचिव सुशील बाबु ढकालले एमसिए–नेपालको लगानी भनेको सरकारका योजना तथा कार्यक्रमको पूरकका रूपमा रहेको चर्चा गरेका छन् । यस प्रकारको सहकार्यले पूर्वाधार विकास र आर्थिक अवसर विस्तारमा टेवा पुग्ने विश्वास गरिएको बताएका छन् ।

मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी ) का राष्ट्रिय आवासीय उप–निर्देशक सञ्जय पौड्यालले दीर्घकालीन कार्यसम्पादन सुनिश्चित गर्ने प्रविधिमार्फत लागत प्रभावकारी पूर्वाधार निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

मिलेनियम च्यालेञ्ज अकाउण्ट (एमसिए )–नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टले सडक मर्मत आयोजना एमसीसी नेपाल कम्प्याक्टअन्तर्गतको महत्वपूर्ण परियोजना भएको उल्लेख गरेका छन् । अझै अगाडि बिष्टले पारदर्शी र उच्च गुणस्तरसहित कार्य सम्पन्न गरिनेमा विश्वास गर्न आग्रह गरेका छन् । सडकको सो कार्यका लागि शर्मा कन्स्ट्रक्सन र कुमार निर्माण सेवा प्रालिका प्रतिनिधि सौरभ शर्माले निर्धारित समयभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

सडक खण्ड स्तरोन्नतिका लागि सन् २०२४ अक्टोबर ३० मा बोलपत्र आह्वान गरिएको थियो । निर्माणको जिम्मा शर्मा कन्स्ट्रक्सन र कुमार निर्माण सेवा प्रालिको संयुक्त उपक्रम शर्मा–कुमार जेभीले पाएको हो । गत पुस ७ गते एमसिए–नेपाल र निर्माण कम्पनीबीच सम्झौता भएको थियो । सम्झौताअनुसार आयोजनाको निर्माण कार्य आगामी २४ महिनाभित्र सम्पन्न गर्नुपर्नेछ । निर्माण कम्पनीले भ्याटबाहेक दुई करोड आठ लाख अमेरिकी डलर (करिब तीन अर्ब रुपैयाँ) मा काम गर्ने जिम्मा लिएको छ ।

नेपाल सरकारको मापदण्डअनुसार स्तरोन्नति गरिने सडकमा गाडी गुड्ने भाग ७ मिटर चौडा र दुवैतर्फ २.५–२.५ मिटर कालोपत्रे सोल्डर रहने गरी कुल १२ मिटर चौडाइ कायम गरिनेछ । उक्त सडक खण्डमा प्रयोग हुने फूल–डेप्थ रिक्लेमेशन र सुपरपेभ प्रविधिअन्तर्गत सडकमा प्रयोग भएका अधिकांश पुराना निर्माण सामग्री प्रशोधन गरी पुनः प्रयोग गर्न सकिनेछ ।

यसअन्तर्गत बालुवा, गिट्टीलगायत सामग्रीलाई पुनः प्रयोग गर्दा लागत घट्नुका साथै वातावरणीय प्रभाव पनि न्यून हुन्छ । यस प्रविधिबाट निर्माण गरिने सडक थप बलियो, टिकाउ र जलवायुमैत्री हुने बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी क्षेत्रमा करिब ४० किलोमिटर लामो धानखोला-लमही सडक खण्डको स्तरोन्नति कार्य विधिवत रूपमा बुधबारदेखि शुरु गरिएको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने सो सडकखण्ड लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार बिहान शिलान्यास गर्दै सडक स्तरोन्नतिको काम शुरुआत गरेका हुन् । सोही सडकखण्ड स्तरोन्नति तथा मर्मत कार्यमा नेपालमै पहिलो पटक फूल डेप्थ रिक्लेमेशन (एफडीआर) र […]

काठमाडौं । यातायात व्यवस्था विभागका निर्देशक मणि भुसालका अनुसार हिजो  मन्त्रीस्तरको निर्णयले सार्वजनिक यातायातमा ५  प्रतिशत भाडा वृद्धि गरिएको हाे  । ‘हिजो मन्त्रीज्यूको निर्देशनमा हामीले अन्तर प्रदेशस्तरीय भाडा ५  प्रतिशत वृद्धि गरेका छौँ ’ उनले भने । यात्रुवाहक र ढुवानीका दुवै सवारीमा ५ प्रतिशतले भाडा वृद्धि भएको छ ।

काठमाडौं । के हुन्थ्यो होला,यदि संसारमा कोही पनि मान्छे कहिल्यै बिरामी पर्दैनथ्यो भने ? यस्ताे परिकल्पना गर्दा मात्रै पनि थुप्रै कुरा हाम्रो दिमागमा आउन सक्छ । तर मानव विकासको इतिहास र वर्तमानलाई हेर्दा त्यो फगत कल्पना मात्रै हो, यथार्थमा सम्भव नै छैन । मान्छे आफ्नो जीवनकालमा पटक-पटक कुनै न कुनै खालको बिरामी परिरहेकै हुन्छ । […]

error: Content is protected !!