सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो ।
*के भएको थियो:*
टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको थियो। पछाडिबाट आउने गाडीले हर्न बजाएर जोगिनुपर्ने अवस्था देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
सल्यान प्रहरीले एक पटक सम्झाएर छोडेर पनि फ़ेरि पटकपटक ब्यस्त सडकमा भावना पुन मगरले टिकटक बनाएको धेरै ठाँउहरुबाट व्यापक जनगुनासो आए पछी कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआईजी जयराज सापकोटाले जिल्ला प्रहरी कार्यालय सल्यानलाई निर्देशन दिएको र अबदेखि पनि बाटोमा टिकटक बनाएर सवारी साधनहरु दुर्घटना हुने उच्च जोखिम भएको हुँदा यो दोस्रो पटक बोलाएर सम्झाउने नमाने सडक एन अनुसार जरिवाना र मुद्दासम्म चल्ने डिआईजी सापकोटाले बताए ।
*प्रहरीको भनाइ:*
सडक भनेको आवागमनका लागि हो, कन्टेन्ट बनाउने थलो होइन। यस्तो गतिविधिले आफैं र अरू सवारी चालक दुर्घटनामा पर्न सक्छन्। सल्यान प्रहरीले उनलाई बोलाएर सडक सुरक्षाबारे एक पटक बोलाएर सम्झाएको छ र लिखित रूपमा सचेत गराएको छ।
*कानुनी पक्ष:*
_सडक ऐन २०३१_ र _सवारी तथा यातायात व्यवस्था ऐन २०४९_ अनुसार सार्वजनिक सडकमा बाधा पुर्याउने, अनावश्यक रूपमा उभिने, खेल गर्ने कार्य दण्डनीय छ। पटक-पटक दोहोरिए जरिवाना र मुद्दासमेत चल्न सक्छ।
*प्रहरीको अनुरोध:*
सल्यान प्रहरीले सबै टिकटक प्रयोगकर्ता र सर्वसाधारणलाई सडकमा भिडियो नबनाउन, आफ्नो र अरूको ज्यान जोखिममा नपार्न आग्रह गरेको छ। रमाइलोका लागि सुरक्षित ठाउँ छान्नु नै बुद्धिमानी हुने बताएको छ।