१२ कार्तिक २०८३, बुधबार
28-10-2026 , Wed
×

घोराही सिमेन्ट उद्योगबाट निकालिएका श्रमिकलाई पुनर्बहाली गर्न माग, नभए कडा सङ्घर्ष गर्ने चेतावनी

Logo
Abc Sanchar प्रकाशित बुधबार, कार्तिक १२, २०८३

 

दाङ । घोराही सिमेन्ट उद्योगमा कामबाट निकालिएका श्रमिकलाई तत्काल पुनर्बहाली गर्न माग गर्दै नेपाल कारखाना श्रमिक संघ तदर्थ समितिले शान्तिपूर्ण विरोध कार्यक्रम आयोजना गरेको छ। समितिले श्रमिकका माग सम्बोधन नगरे कडा सङ्घर्षका कार्यक्रम अघि बढाउने चेतावनी दिएको छ।

नेपाल कारखाना श्रमिक संघ तदर्थ समितिले संघका उपाध्यक्ष मानबहादुर कुँवरलाई बिना गल्ती पूर्वाग्रही ढङ्गले निष्कासन गरिएको आरोप लगाउँदै त्यसलाई गैरकानुनी र अन्यायपूर्ण कार्यको संज्ञा दिएको छ। समितिले कुँवरको निष्कासनप्रति असन्तुष्टि जनाउँदै श्रमिकका अधिकार सुनिश्चित गर्न उद्योग व्यवस्थापनसँग माग गरेको हो।

विरोध कार्यक्रमका क्रममा समितिले उपाध्यक्ष कुँवरलाई तत्काल पुनर्बहाली गर्न, श्रमिकमाथि हुने भनिएको श्रम शोषण, मानसिक तनाव र दबाब अन्त्य गर्न तथा श्रम ऐन र श्रमिक अधिकारको पूर्ण पालना गर्न माग गरेको छ।

कुँवरको आन्दोलनमा समर्थन जनाएको विषयलाई लिएर अन्य श्रमिकहरूको समेत हाजिरी नगरेको र काममा उपस्थित हुन नदिएको श्रमिकहरूको भनाइ छ। सबै श्रमिकलाई तत्काल काममा फर्काउने वातावरण नबनाइए थप सशक्त आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने उनीहरूले चेतावनी दिएका छन्।

श्रमिकहरूको विरोध कार्यक्रममा समर्थन जनाउन पुग्नुभएका घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनले उद्योगबाट काममा फर्कन नपाएका सबै श्रमिकलाई तत्काल काममा फर्काउन उद्योग व्यवस्थापनसँग आग्रह गर्नुभएको छ।

प्रियासनले उद्योगसँग सम्बन्धित व्यक्तिहरूलाई टेलिफोनमार्फत सम्पर्क गरी श्रमिकका समस्या छिटोभन्दा छिटो समाधान गर्न र सबैलाई काममा फर्काउने वातावरण बनाउन अनुरोध गर्नुभएको थियो। श्रमिकका जायज माग सम्बोधन नभए आफूहरू पनि उनीहरूको आन्दोलनमा सक्रिय रूपमा सहभागी हुने उहाँले बताउनुभयो।

उहाँले श्रमिकका समस्या संवाद र सहमतिका माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिँदै उद्योग सञ्चालनमा श्रमिकको योगदान र अधिकारलाई सम्मान गर्नुपर्ने धारणा राख्नुभयो।

यसैगरी, विरोध कार्यक्रममा सहभागी घोराही उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष मधुसुदन घिमिरेले श्रमिकका मागलाई गम्भीरतापूर्वक लिएर छिटोभन्दा छिटो समाधान गर्नुपर्ने बताउनुभयो। उहाँले श्रमिकका समस्या लम्ब्याउनुको सट्टा सम्बन्धित पक्षबीच छलफल गरेर निकास खोज्नुपर्नेमा जोड दिनुभयो।

त्यस्तै, वडा नम्बर ८ का अध्यक्ष जितेन्द्र शाहले पनि श्रमिकका माग सम्बोधन गरी उनीहरूलाई काममा फर्काउने वातावरण बनाउन उद्योग व्यवस्थापनसँग आग्रह गर्नुभयो।

श्रमिकहरूले आफूहरूमाथि अन्याय भएको भन्दै न्याय, सम्मान र रोजगारीको सुनिश्चितता माग गरेका छन्। उनीहरूले माग सम्बोधन नभए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन्। श्रमिकका माग, उद्योग व्यवस्थापनको प्रतिक्रिया र समस्या समाधानका लागि हुने पहलले आगामी आन्दोलनको दिशा निर्धारण गर्ने देखिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङमा महको नयाँ दररेट सार्वजनिक, प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म दाङ । घोराही नेपाल मौरीपालक महासंघ जिल्ला शाखा दाङले जिल्लामा उत्पादित महको बिक्री वितरणमा एकरूपता कायम गर्न नयाँ दररेट सार्वजनिक गरेको छ। महासंघले महको प्रकारअनुसार प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म मूल्य निर्धारण गर्दै मौरीपालक किसानलाई सोही दररेटअनुसार मह बिक्री गर्न आग्रह गरेको छ। नेपाल मौरीपालक […]

  दाङ । घोराही सिमेन्ट उद्योगमा कामबाट निकालिएका श्रमिकलाई तत्काल पुनर्बहाली गर्न माग गर्दै नेपाल कारखाना श्रमिक संघ तदर्थ समितिले शान्तिपूर्ण विरोध कार्यक्रम आयोजना गरेको छ। समितिले श्रमिकका माग सम्बोधन नगरे कडा सङ्घर्षका कार्यक्रम अघि बढाउने चेतावनी दिएको छ। नेपाल कारखाना श्रमिक संघ तदर्थ समितिले संघका उपाध्यक्ष मानबहादुर कुँवरलाई बिना गल्ती पूर्वाग्रही ढङ्गले निष्कासन गरिएको […]

  दाङ । उहाँ पत्रकार, साहित्यकार र *घोराही बनाऔँ अभियानका संयोजक* हुनुहुन्छ। पछिल्लो अन्तर्वार्तामा उहाँले आफैं भन्नुभएको छ – > “स्थानीय निर्वाचनमा उठ्छु भनेर पहिले नै घोषणा गरिसकेको छु।” तर अहिले पद भन्दा काम ठूलो हो। उहाँको अभियानका मुख्य कुरा *१. घोषणाभन्दा काममा जोड:* “घोषणा गरेर मात्र नागरिकको विश्वास प्राप्त हुँदैन। नागरिकका बीचमा गएर काम […]