१३ कार्तिक २०८३, बिहिबार
29-10-2026 , Thu
×

देशमा भएका उद्योगी व्यवसायीलाई प्रोत्साहन गरेमा मात्रै मुलुक अघि बढ्न सक्नेमा मुख्यमन्त्री आचार्यको संकल्प :

Logo
बिदुर एमसी प्रकाशित सोमबार, जेठ ०४, २०८३

रुपन्देही । देशभित्र भएका व्यवसायीलाई विभिन्न रूपमा सहयोग र उत्साहित गरेर समग्र राष्ट्रले उन्नति गर्नसक्ने भन्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सबैलाई त्यसका लागि गम्भीर बन्न आग्रह गरेका छन् । यस्तो जटिल पक्षलाई विशेषगरी संघीय सरकारले पहलकदमी लिनुपर्ने अवस्था भएको आचार्यले स्पष्ट गरेका छन् ।

रुपन्देहीमा आइतबार अपरान्ह नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेशले आयोजना गरेको प्रदेशको चौथो कार्यकारिणी समितिको चौथो पदस्थापना कार्यक्रममा सम्बोधनका क्रममा सोकुरा उल्लेख गरेका हुन् ।

मुख्यमन्त्री आचार्यले निजी क्षेत्रलाई उत्साहित बनाउनुपर्ने बेला संघीय सरकारका कारण हतोत्साहित हुने अवस्था सिर्जना हुनु गम्भीर चिन्ताको विषय भएकोप्रति दु:ख व्यक्त गरे । लुम्बिनी प्रदेश सरकार निजी क्षेत्रको संरक्षण, प्रवर्द्धन र विकासका लागि सधैं साथमा रहनेमा विश्वस्त हुन आग्रह पनि गरेका छन् ।

व्यवसायीप्रति प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उद्योगका लाइन काटिएको समयमा प्रदेश सरकारले अग्रसरता नलिएको भए समस्या थप लम्बिने अवस्था भएको आचार्यले जानकारी गराए । उनले सातै प्रदेश र प्रधानमन्त्रीसँग छलफल गरेर समस्या समाधान गरिएको पनि सबैलाई स्मरण गराएका छन् । उद्योगी तथा व्यवसायीका समस्याका विषयमा संघीय सरकारसँग निरन्तर छलफल गरिनेमा मुख्यमन्त्रीले जिकिर गरेका छन् ।

मुख्यमन्त्री आचार्यले संघीय सरकारलाई ध्यानाकर्षण गराउँदै अझै अगाडि भने, ‘व्यवसायीहरुलाई थुनेर, हतोत्साहित गरेर मुलुक अघि बढ्न सक्दैन । कुनै गल्ती कमजोरी भएका छन् भने कानुनी रुपमा दण्डित गर्न सकिन्छ । तर, सिंगो व्यवसाय क्षेत्रलाई नै हतोत्साहित बनाउने गरी धरपकड गर्नु मुलुकका लागि राम्रो हुँदैन,’ ।

अहिले यतिबेला नै निजी क्षेत्र चरमरूपमा समस्यामा रहेको अवस्थामा थप धरपकडको वातावरण भएमा निजी क्षेत्र नै स्वत : धरासायी हुने खतरा रहनेछ, उनलेे चर्चा गरे । निजी क्षेत्रलाई चलायमान बनाउन सकिएन भने मुलुकको आर्थिक अवस्था अत्यन्तै कमजोर बन्ने आचार्यको भनाइ थियो ।

मुख्यमन्त्री आचार्यका अनुसार प्रदेश सरकारले निजी क्षेत्रको लगानी बढाउने र व्यवसायीलाई प्रोत्साहन गर्ने गरी नयाँ कार्यक्रम ल्याउने तयारी भइरहेको जानकारी गराए । ‘निजी क्षेत्रलाई उत्साहित बनाउने गरी प्रदेश सरकारले योजना बनाउँदैछ । तपाईंहरुसँग बसेर योजना समावेश गरिनेछ, ’उनले सबैलाई आश्वस्त पारे ।

‘स्थानीय उत्पादन वृद्धि, उद्यमशीलताको प्रवर्द्धन र बजार सुनिश्चितताका लागि निजी क्षेत्रसँग साझेदारी गर्दै अघि बढ्न प्रदेश सरकार तयार छ ’ आचार्यले भने । युवालाई आकर्षित गर्ने र निजी क्षेत्रलाई प्रत्यक्ष सम्बोधन गर्ने कार्यक्रम समेत प्रदेश सरकारले ल्याउन थालेको खुलस्त पारे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई १५ वर्षपछि पक्राउ गर्न सफल भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष टोलीले लामो समयदेखि फरार सूचीमा रहेका प्रतिवादीलाई गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत बाँकेमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। बाँके […]

  प्रश्न : स्थानीय तहलाई तपाईंले ‘हाम्रो साझा सम्पत्ति’ भन्नुभएको छ। यसको अर्थ के हो? सबिन प्रियासन : स्थानीय तह भनेको कुनै एउटा व्यक्ति, राजनीतिक दल वा निर्वाचित जनप्रतिनिधिको मात्रै सम्पत्ति होइन। यो सम्पूर्ण नागरिकको साझा संस्था हो। जनताले तिरेको कर, नागरिकको श्रम, सहभागिता र सामूहिक प्रयासबाट स्थानीय तह सञ्चालन हुन्छ। त्यसैले यसको विकास, संरक्षण […]

दाङमा महको नयाँ दररेट सार्वजनिक, प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म दाङ । घोराही नेपाल मौरीपालक महासंघ जिल्ला शाखा दाङले जिल्लामा उत्पादित महको बिक्री वितरणमा एकरूपता कायम गर्न नयाँ दररेट सार्वजनिक गरेको छ। महासंघले महको प्रकारअनुसार प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म मूल्य निर्धारण गर्दै मौरीपालक किसानलाई सोही दररेटअनुसार मह बिक्री गर्न आग्रह गरेको छ। नेपाल मौरीपालक […]