१३ कार्तिक २०८३, बिहिबार
29-10-2026 , Thu
×

टरीगाउँ एयरपोर्टमा श्रमदान गर्न हर्क साम्पाङलाई निम्ता,

Logo
ABC-Sanchar प्रकाशित सोमबार, जेठ ०४, २०८३

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट निर्माणका लागि सदनमा बजेट विनियोजन गर्न दबाब दिन, यदि वर्तमान सरकारले बजेट नहालेमा श्रमदानबाट भएपनि एयरपोर्ट निर्माण गर्ने क्रममा साम्पाङको महत्वपूर्ण सहभागिता हुनुपर्ने अनुरोध गर्नुभएको छ । प्रियासननले सामाजिक सञ्जालमा लेख्नुभएको छ-
तुल्सीपुरको टरीगाउँ स्थित विमानस्थल २०१० सालमा बनेको नेपालकै पुरानो विमानस्थल मध्यको एक हो। सरकारले यो वर्ष पनि यहाँ बजेट विनियोजन गरेन भने अब श्रमदानबाट भएपनि एयरपोर्ट बनाउनुपर्छ । त्यसैले हर्क साम्पाङज्यू हजुरलाई अनुरोध छ, यो विषयमा सदनमा हजुरले पनि आवाज उठाइदिनुहोस्, यति गर्दा पनि बजेट परेन भने एयरपोर्टको लागि श्रमदान गर्नुपरेमा हजुरको पनि नेतृत्वदायी सहभागिता हुनुपर्छ ।

सबिन प्रियासन ( संयोजक)
घोराही बनाउँ अभियान
एवं, केन्द्रीय सचिव नेपाल पत्रकार महासङ्घ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई १५ वर्षपछि पक्राउ गर्न सफल भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष टोलीले लामो समयदेखि फरार सूचीमा रहेका प्रतिवादीलाई गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत बाँकेमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। बाँके […]

  प्रश्न : स्थानीय तहलाई तपाईंले ‘हाम्रो साझा सम्पत्ति’ भन्नुभएको छ। यसको अर्थ के हो? सबिन प्रियासन : स्थानीय तह भनेको कुनै एउटा व्यक्ति, राजनीतिक दल वा निर्वाचित जनप्रतिनिधिको मात्रै सम्पत्ति होइन। यो सम्पूर्ण नागरिकको साझा संस्था हो। जनताले तिरेको कर, नागरिकको श्रम, सहभागिता र सामूहिक प्रयासबाट स्थानीय तह सञ्चालन हुन्छ। त्यसैले यसको विकास, संरक्षण […]

दाङमा महको नयाँ दररेट सार्वजनिक, प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म दाङ । घोराही नेपाल मौरीपालक महासंघ जिल्ला शाखा दाङले जिल्लामा उत्पादित महको बिक्री वितरणमा एकरूपता कायम गर्न नयाँ दररेट सार्वजनिक गरेको छ। महासंघले महको प्रकारअनुसार प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म मूल्य निर्धारण गर्दै मौरीपालक किसानलाई सोही दररेटअनुसार मह बिक्री गर्न आग्रह गरेको छ। नेपाल मौरीपालक […]