२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

कुनैबेला ट्राफिक प्रहरीलाई थर्काउने लुम्बिनीका मन्त्री सन्तोषकुमार पाण्डेयको गाडी ट्राफिक कार्वाहीमा,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, जेठ ०६, २०८३

रुपन्देही । लुम्बिनी प्रदेशका युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेयको झण्डावाला गाडीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले कारबाही गरेको छ ।

भैरहवाको बजारमा सडक पेटीमा लु १ झा ७४५ नम्बरको झण्डावाल गाडीलाई राखेर मन्त्री पाण्डेयले मारवाडीको हार्डवेर पसल उद्घाटन गर्न पुगेका थिए । सोही क्रममा स्थानीयले मन्त्री पाण्डेयको झण्डावाला गाडीलाई नो पाकिङमा राखिएको भिडियो सामाजिक सञ्जालमा हालेर भाइरल बनाइदिएका थिए । त्यसपछि मन्त्री पाण्डेको झण्डावाला गाडीका चालकलाई ट्राफिक प्रहरीले पुर्जी थमाएको थियो ।

मन्त्री पाण्डेयको झण्डावाला गाडीलाई कारबाही गरिएको प्रमाण ट्राफिक प्रहरीले सार्वजनिक समेत गरेको छ । मन्त्रीको गाडीलाई सडकमा जथाभावी पार्किङ गरिएको फेला पारेपछि ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

सामाजिक सञ्जालमार्फत भैरहवाको बर्मेली टोल क्षेत्रमा फुटपाथमा सरकारी सवारी साधन पार्किङ गरिएको सम्बन्धमा प्राप्त गुनासोका आधारमा उक्त सवारी साधनलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीद्वारा आवश्यक कारवाही भइसकेको प्रहरीले जनाएको छ ।

मन्त्री पाण्डेयले बेलाबेला प्रहरीका सिपाही, हवल्दारहरुलाई बीच सडकमा अपमान समेत गर्दै आएका थिए । स्टन्ट गर्दै आएका मन्त्री पाण्डेयको झण्डावाला गाडीले ट्राफिक नियम उल्लंघन गरेपछि कारबाहीमा परेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]