२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

सशस्त्र प्रहरी बलको तालिम केन्द्रमा आधारभूत तालिम लिइरहेका ८ जना प्रशिक्षार्थी अचानक अस्वस्थ,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, जेठ ०८, २०८३

कैलाली । टीकापुरस्थित सशस्त्र प्रहरी बलको तालिम केन्द्रमा आधारभूत तालिम लिइरहेका आठ जना प्रशिक्षार्थी अचानक अस्वस्थ भएपछि उपचारका लागि उद्धार गरिएको छ।

सशस्त्र प्रहरीको राजश्व, भन्सार तथा औद्योगिक सुरक्षा तालिम शिक्षालयमा प्रशिक्षणका क्रममा उनीहरू बेहोस भएको जनाइएको छ। अस्वस्थ हुनेमा बलबहादुर बस्नेत, गणेश रावत, मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरननाथ योगी, धिरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत रहेका छन्।

कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीका अनुसार बेहोस भएका मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ। बेहास अवस्थाका प्रशिक्षार्थीहरूलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको प्रशासनले जनाएको छ।

उनीहरू सशस्त्र प्रहरी जवानको आधारभूत तालिममा सहभागी प्रशिक्षार्थी रहेको बताइएको छ। घटनाबारे थप विवरण संकलन भइरहेको जनाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]