२६ जेठ २०८३, मंगलबार
09-06-2026 , Tue
×

जिल्ला प्रशासन कार्यालयले हुलाक मार्फत सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु,

Logo
Abc Sanchar प्रकाशित शनिबार, जेठ ०९, २०८३

जुम्ला । जिल्लाका आठवटै स्थानीय तहमा हालसम्म १४९ वटा थान राहदानी घरमै सेवाग्राहीको घरमै पुर्‍याइएका जिल्ला प्रशासन कार्यालय जुम्लाका राहदानी शाखाका प्रमुख नरबहादुर बुढाले जानकारी दिए ।

प्रशासन कार्यालय र हुलाक कार्यालय जुम्लाबीच सेवाग्राहीको राहदानी घरमै पुर्‍याउनका लागि भएको सम्झौताअनुसार गत वैशाख २४ गते ६१ थान राहदानी हल्काराबाट घरमै पुगेर प्रदान गरिएको छ ।

यसैगरी वैशाख २८ गते १९ वटा र यही जेठ ५ गते २५ वटा राहदानी घरमै पुर्‍याइएको छ ।

गत चैत १३ गते सरकारले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० दिने कार्यसूचीअन्तर्गत जिल्लामा पहिलो पटक सेवाग्राहीको घरमै पुगेर राहदानी उपलब्ध गर्ने लागिएको प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको भनाइ छ ।

जिल्ला हुलाक कार्यालयमार्फत सम्बन्धित राहदानी धनीको घरमै पुर्‍याउने व्यवस्था गरिएको छ । राहदानी बुझ्दा अनिवार्य रूपमा आफ्नो पहिचान खुल्ने आधिकारिक सरकारी कागजात (नागरिकता, राष्ट्रिय परिचयपत्र, मतदाता नामावली) साथमा राख्नुपर्नेछ ।

कुनै अन्य व्यक्तिमार्फत राहदानी बुझ्नुपर्ने भएमा सम्बन्धित व्यक्तिको एकाघरको नाता खुल्ने कागजातसमेत साथमा आवश्यकपर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

हुलाक कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गणेशदत्त रावलले हुलाकमार्फत राहदानी बुझिलिनेसम्बन्धी प्रशासनसँग सम्झौता भएको छ ।

नागरिकको राहदानी घरमै वितरणका लागि हुलाक कार्यालयले हल्कारामार्फत बढीमा तीन दिनभित्र सेवाग्राहीको घरमै सुरक्षित रूपमा पुर्‍याउने हुलाक कार्यालय जुम्लाले जनाएको छ ।

राहदानी लिन सदरमुकामसम्म धाउनुपर्ने अवस्था रहेकामा सो अवस्थाको अन्त्य गर्दै नागरिकलाई घरदैलोमा नै पुर्‍याउने गरी सेवा सुरु गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सशस्त्र प्रहरी ३० गण हेक्टर बागेश्वरी बाँकेमा गणपति एसपी भिम चन्द आएदेखि बाँके जिल्लाभरमा सशस्त्र प्रहरी सम्पूर्ण युनिटलाई निर्देशन दिदै लागूऔषध अबैध चोरी तस्करीमा कडा निगरानी गर्न निर्देश समेत दिएका छ्न । साथै सशस्त्र प्रहरी बल नेपाल ३० गण एसपी चन्दको सक्रियतामा मुख्य सिमानामा सशस्त्र प्रहरीको तालिम प्राप्त कुकुरहरु प्रहरी जस्तै दिनहुँ चेकजाँच […]

काठमाडौं । ललितपुर जिल्ला प्रहरी परिसर ललितपुरमा प्रहरी वरिष्ठ उपरीक्षक (क्सप्र.व.उ.) तुल बहादुर कार्कीले कार्यालय प्रमुखको पदभार ग्रहण गर्नुभएको छ। नेपाल प्रहरी प्रधान कार्यालयको निर्णयअनुसार उहाँले आजदेखि औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नुभएको हो।

बाँके । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले *बर्दिया, मधुबन न.पा.-६* मा भारतबाट भन्सार छली ल्याएर गोदाम राखिएको ठूलो परिमाणको सामान नियन्त्रणमा लिएको छ। *१. कोपिला खत्रीको घर गोदामबाट – जम्मा रु. ५,४१,७२०/-* 1. मटर: १३५ बोरा × ४० = रु. ४,५०,०/- 2. कालो प्लास्टिक: ४.५ बोरा × ६१६० = रु. २७,७२०/- 3. सुपर पावर […]

error: Content is protected !!