काठमाडौं । नेपाल प्रहरीको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रहरी कार्यालय बाँकेले दोस्रो पटक पनि प्रथम स्थान हासिल गरेको छ । वैशाख महिनाको कार्यसम्पादन मूल्याङ्कनमा पनि जिल्लातर्फ बाँकेले प्रथम स्थान हासिल गरेको हो । बाँकेले उत्कृष्ट कार्यसम्पादनमा शीर्ष स्थान सुरक्षित गरेको हो । बाँके प्रहरी प्रमुखको जिम्मेवारीमा एसपी अंगुर जिसी रहेका छन् ।
अप-राध निय!न्त्रण, शान्ति सुरक्षा, अनु*सन्धान, फ-रार अभि*युक्त प-क्रा’उ, समुदाय–प्रहरी साझेदारी, ट्राफिक व्यवस्थापन तथा नागरिकमैत्री सेवा प्रवाहका आधारमा प्रहरीको कार्यासम्पादन मूल्याङ्कन समितिले उत्कृष्टताको अंक प्रदान गर्दै आएको छ । प्रहरी संगठनभित्र हुने नियमित कार्यसम्पादन मूल्याङ्कनमा बाँके प्रहरीको सक्रियता, परिणाममुखी कार्यशैली र नेतृत्व क्षमताले विशेष चर्चा बटुलिरहेको छ ।
एसपी अंगुर जिसीको कुशल नेतृत्व र सिङ्गो बाँके प्रहरी टोलीको अहोरात्र खटाईकै परिणाम हो यो ऐतिहासिक सफलता। बाँके प्रहरीको यो जोस र सक्रियता सधैं कायम रहोस्।