०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

सशस्त्र प्रहरीको डीआईजीमा पाँचजनाको बढुवा भएको छ

Logo
प्रकाशित शुक्रबार, माघ २४, २०७६

सागर थापा (क्राईमबिट)
काठमाडौं माघ २४ सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीबाट ५ जना सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएका छन्। बढुवा हुनेमा कृष्णभक्त ब्रम्हाचार्य, वंशीराज दाहाल, हरिशंकर बुढाथोकी, इन्जिनियर किशोर प्रधान र राजेन्द्र बस्नेत छन्।
गृह सचिवको अध्यक्षतामा सशस्त्र प्रहरी महानिरीक्षक सदस्य र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक सदस्य सचिव रहेको बढुवा सिफारिस समितिको बैठकले बढुवाको निर्णय गरेको सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक अजयकुमार छत्कुलीले जानकारी दिए।
यसैबीच, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकबाट नायव महानिरीक्षकमा पदोन्नति भएका ५ जनालाई सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोकमा दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!