काठमाडौं । वैदेशिक रोजगार विभागले आफ्नो नाम दुरुपयोग गर्दै फोनमार्फत ध’म्की दिने र न’क्कली अनुगमन गर्ने व्यक्तिहरूप्रति सचेत रहन सबैलाई आग्रह गरेको छ।
विभागले स्पष्ट पारेको छ आधिकारिक अनुगमनमा खटिने कर्मचारीहरू विभागको पत्र र परिचयपत्रसहित मात्रै आउने गर्छन्। यदि कसैले “विभागको कर्मचारी हुँ” भन्दै धम्’की दिने, पैसा माग्ने वा अनधिकृत अनुगमन गर्ने प्रयास गरे तुरुन्त विभागमा सम्पर्क गर्न आग्रह गरिएको छ।
नक्कली अनुगमन र धम्कीबाट बच्नुहोस्।
आधिकारिक परिचयपत्र र पत्र अनिवार्य जाँच गर्नुहोस् ।